लैङ्गिक हिंसा सम्बन्धि नितीगत क्षमता अभिबृद्धीका लागी ३ दिने तालिम
लैङ्गिक हिंसा सम्बन्धि नितीगत क्षमता अभिबृद्धीका लागी अभियन्ताहरु लाई ३ दिने तालिम सम्पन्न । तालीममा लैङ्गिकतामा आधारित हिंसाहरु तिनका प्रकार नितीगत ब्यवस्था र कानुनहरु कार्यान्वयन गर्ने निकाय तथा पहलहरु जवाफदेहि स्थानिय निकाय सहितका बिषयहरु मा तालिम सम्पन्न भयो तालिममा सहभागीहरु द्धारा आगामी काययोजना समेत तयार गरिएको छ ।
तालिममा नेपालगंज उपमहा नगरपालिकाका बरिष्ठ महिला बिकास अधिकृत पबित्रा कुमारी पुरी प्रमुख अतिथी तथा प्रशिक्षक रहनु भएको थियो भने अधिवक्ता बिश्वजित तिवारी तथा रुपा गहतराजले प्रशिक्षक रहि प्रशिक्षण दिनु भएको छ । ३५ जना सहभागीहरु रहेका कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सेना, राष्ट्रिय महिला अधिकार मञ्चका निर्देशक तथा सुचना अधिकारी मोहम्मद शेर बागवान अतिथी रहेका थिए भने कार्यक्रमको सहजीकरण सकिना शाह ले र कार्यक्रमको स्वागत पुर्णा बि.क ले गरेकी थिइन भने तालिममा बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका जानकी गांउपालिका डुडुवा गांउपालिका तथा कोहलपुर नगरपालिका बाट सहभागी अभियन्ता महिलाहरु को सहभागिता रहेको थियो ।
सहभागीद्धारा हिंसामा परेका महिलाहरु को न्याय प्राप्तीका लागी पहल गर्दा जोखिमहरु अतयन्त हुने तर सम्बन्धित निकायद्धारा महिला मानव अधिकार रक्षकहरु लाई , अभियन्ताहरु को सुरक्षाका लागी कुनै ठोस पहल नहुंदा महिला मानव अधिकार रक्षकहरु लाई , अभियन्ताहरु माथि जोखिम बढी रहने अवस्था रहेको धारणा राख्नु भयो ।



