१२ भाद्र २०८३, शुक्रबार

बालबिवाह रोक्नका लागी बाँकेका प्रमुख जिल्ला अधिकारीलाई किशोर किशोरी क्लब संजालद्धारा ९ बुंदे ध्यानाकर्षण पत्र

एसीपी संवाददाता

१७ मंसिर २०८२, मंगलवार १७:०७ मा प्रकाशित

बालबिवाह रोक्नका लागी बाँकेका प्रमुख जिल्ला अधिकारीलाई किशोर किशोरी क्लब संजालद्धारा ९ बुंदे ध्यानाकर्षण पत्र किशोर किशोरी क्लब संजालका अध्यक्ष सहेनाज तेली राष्ट्रिय महिला अधिकार मञ्च,बाँकेका अध्यक्ष सकिना शाह तथा नेपाल मुस्लिम समाज बिकास चेतना केन्दका महिला तथा बालबालिका सवाल प्रमुख दुर्गा लखेरले संयुक्त रुपमा बुझाएका थिए ।

ध्यानाकर्षण पत्रमा कानुनमा केटा र केटी दुबैको बिवाह उमेर २० बर्ष हुंदा हुंदै पनि १६÷१७÷१८ बर्षमा प्राय बिवाह गरि दिने चलन छ यदि त्यस्को बिरोध हुने संसय देखियो भने बडरपारि लगेर बिवाह गर्ने र जन्म दर्ता गराउंदा खेरी नै उमेर बढाएर जन्म दर्ता बनाउने प्रबृति देखिन्छ । बालिकाको सानो उमेरमा बिहे गरियो भने कम दाईजो दिनु पर्ने पठन पाठन गराउन नपर्ने अर्काको घर जाने जति छिटो अर्काको घर पठाईयो त्यत्ति नै राम्रो भन्ने मान्यता बिद्यमान रहेको छ । कानुनमा हाई स्कुल सम्म निशुल्क शिक्षा तथा अनिवार्य शिक्षाको ब्यवस्था हुंदा हुंदै पनि कति पय सामुदायिक बिद्यालयले परिक्षाको नाममा बिद्यालय सुधारको नाममा बिद्यालय ब्यवस्थापनका नाममा अतिरिक्त शुल्कहरु लिने गरेको अवस्था छ । उल्लेख गरिएको छ ।

यसै गरि निजी बिद्यालयले समेत चर्काे शुल्क लिने र फरक फरक बिद्यालयका फरक फरक किताबहरु हुने र लगभग बर्षै पिच्छे किताबहरु परिवर्तन भई रहने उदाहरणका लागी निजि बिद्यालयको कक्षा एकको किताब अर्काे एक दुई बर्ष पछि पुन कक्षा एकमा पढ नपाउने अवस्था छ । बिद्यालयले स्वीकार्य नगरे पनि बालबालिकाहरु माथि अझै पनि शिक्षकद्धारा कुटपिट भई रहेको यर्थाथबाट हामी सबै जानकार छौ । ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
दलित तथा जेहेन्दार बिद्यार्थिको नाममा आएको छात्रबृत्ति वास्तबिक दलित बिद्यार्थिले नपाई पहुंचवालाले मात्र पाउने गरेको अवस्था छ । बिद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यवस्थापन समितीले आ–आफना बिद्यालयमा रहेका बालबालिका÷बिद्यार्थिहरु लाई बेवास्ता गर्दा मिती २०८२ कार्तिक १६ गते ६ बर्षिय दिपेश चमारको बुग्गी÷ठेलगाडाले कुल्चिएर भेरी अस्पतालमा ल्याउदा समयमा औषधी उपचार सुरु नै नगरी लापरवाहि वश रेफर गर्दा ज्यान गयो । तर स्थानिय निकाय लगायत सम्बन्धित निकायको यस तर्फ ध्यान दिईएको अवस्था छैन । ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यस तर्फ श्री प्रमुख जिल्ला अधिकारी ज्युको ध्यानाकर्षण गरि सम्बन्धित निकायलाई बालबालिका तथा किशोर किशोरीहरुको सवालमा जवाफदेहि बनाउन संयुक्त रुपमा यि ९ बुंदे मांग पेश गरि ब्यहोरा ध्यानाकर्षण सहित अनुरोध छ । ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धता बाँके प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाँङ्गले ध्यानाकर्षण पत्र बुझदै यस ध्यानाकर्षण पत्रलाई हामी र जिल्ला प्रशासन कार्यालयले चाँसोका साथ हेर्ने र सम्बन्धित सबै निकाय संग समन्वय गरि कार्यान्वयनका लागी आवश्यक सल्लाह र सुझावहरु दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

 

९ बुंदे माँगहरु
१.बालबालिका तथा किशोर किशोरीहरु को २० बर्ष पुगी सके पछि मात्र बिवाह हुने अवस्था सृजना गरियोस ।
२.बालबालिकाको उमेर बढाएर जन्मदर्ता बनाउने र बडरपारि बालबिवाह गर्ने कार्य रोकियोस तथा यसमा संग्लग्नलाई कार्यवाहीको दायरामा ल्याईयोस ।
३.स्थानिय निकायबाट बालबालिका तथा किशोर किशोरीहरु का लागी अतिरिक्त क्रियाकलाप र शिपमुलक कोर्षहरु को ब्यवस्था गरियोस ।
४.सामुदायिक बिद्यालयहरु पुर्ण रुपमा निशुल्क गरियोस ।
५.निजि बिद्यालयहरु मा एकद्धवार प्रणाली लागु गरियोस ।
६.दलित तथा जेहेन्दार बिद्यार्थिको नाममा आएको छात्रबृत्ति वास्तबिक दलित तथा जेहेन्दार बिद्यार्थिले नै पाउने वातावरण सृजना गरियोस ।
७.स्थानिय निकायहरु ले संचालन गर्ने कार्यक्रमहरु मा बालबालिका तथा किशोर किशोरीहरु को पहुंच तथा अर्थपुर्ण सहभागिता सुनिश्चित गरियोस ।
८.दाईजो दिने चलन÷प्रथाको अन्तय तथा बालबालिकाको सम्पत्तिमा बराबर अधिकार स्थापनामा बलियो पहल गरियोस ।
९.बिद्यालय तथा बिद्यालय ब्यवस्थापन समितीलाई बिद्यालयका बालबालिका प्रति पुर्ण रुपमा जिम्मेवार गराईयोस ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x