१२ भाद्र २०८३, शुक्रबार

प्रहरी हवलदार शान्ता खत्री राष्ट्रभरि सर्वोत्कृष्ट प्रहरीको दोस्रो स्थान

एसीपी संवाददाता

१७ मंसिर २०८२, मंगलवार २०:१२ मा प्रकाशित

कपिलवस्तु, मंसिर १६ –  जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव देशभरका महिला प्रहरी मध्ये ‘सर्वोत्कृष्ट प्रहरी’घोषित भएकी छन्।

दोस्रो स्थानमा प्रहरी चौकी बालकोट, अर्घाखाँचीमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवलदार शान्ता खत्रीले देशभरी सर्वोत्कृष्ट महिला प्रहरीमा दोस्रो स्थान हासिल गर्न सफल भइन।

हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत हवलदार जनतालाई सेवा देइरहेकी खत्री लैंगिक हिंसा नियन्त्रण तथा पीडितमैत्री सेवा प्रवाहमा देखाएको समर्पणका आधारमा यो सम्मान पाएकी हुन्।लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत काठमाडौंमा आयोजित राष्ट्रिय समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले खत्रीलाई ३० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै सम्मानित गरेका थिए।
गत आर्थिक वर्ष २०८१/८२ को लैंगिक हिंसाको तथ्याङ्क सार्वजनिक कार्यक्रमको अवसरमा देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये उत्कृष्ट कार्यसम्पादनको आधारमा छनोट गरिँदै उनलाई दोस्रो पुरस्कार प्रदान गरिएको हो।
त्यसैगरी,तेस्रो स्थानमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवलदार उमा तामाङलाई २० हजार रुपैयाँ र प्रशंसापत्र सहित सम्मानित गरिएको छ।यसै क्रममा,प्रहरी नायब निरीक्षक पूर्णिमा थापा तथा प्रहरी सहायक निरीक्षक साजना प्रसाईलाई १०–१० हजार रुपैयाँसहित सान्त्वना पुरस्कार प्रदान गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x