१२ भाद्र २०८३, शुक्रबार

नेपालमा नयाँ राजनीतिक परिस्थिति सिर्जना – प्रचण्ड

एसीपी संवाददाता

२१ पुष २०८२, सोमबार २१:३८ मा प्रकाशित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपालमा नयाँ राजनीतिक परिस्थिति बनेको बताएका छन्।

नयाँ दिल्लीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै विकसित राजनीतिक घटनाक्रमबारे अनौपचारिक ढङ्गले भारतीय नेताहरूसँग आफ्नो समीक्षा भएको बताए।

उनले भने, ‘तपाईँहरूसँग भेटघाट गर्ने र एकता सन्देश सभा जसरी देशव्यापी चलेका छन्, यहाँ पनि सुरुवात गर्ने पनि एउटा प्रमुख उद्देश्य हाम्रो थियो। आज त्यो उद्देश्य पुरा भएको छ। केही विकसित राजनीतिक घटनाक्रमबारे अनौपचारिक ढङ्गले कतिपय भारतीय मित्रहरूसँग मेरो समीक्षा भएको छ, हिजोदेखि आजसम्म भने अहिले यो महत्त्वपूर्ण कार्यक्रममा तपाईँहरूसँग सहभागी भएर केही कुरा राख्दै गर्दा कार्यक्रमले पूर्णता पाएको मैले महसुस गरेको छु। मैले यति भनेपछि तपाईँहरूले पक्कै बुझ्नुभयो भन्ने मलाई लाग्छ।’

प्रचण्डले दिल्लीमा ओर्लिएकै साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा निकट सहयोगी राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग वार्ता गरेका थिए । उनले अन्य भारतीय सत्तारुदलका नेतासँग पनि अनौपचारिक भेटघाट गरेका छन् ।

उनले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध अभियान चलाएको बताए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटबारे पनि स्मरण गरे।

उनले भने, ‘दुर्गामी महत्त्वको रणनीतिक निर्णय प्रधानमन्त्री, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र मेरो बीचमा भएको थियो, जसलाई पछि औपचारिक र आधिकारिक हस्ताक्षर काठमाडौँमा भएको थियो। तपाईँहरूलाई पक्कै सम्झना छ। यो पटक म यहाँ दिल्ली आउँदै गर्दा कतिपय मित्रहरूसँग मेरो अनौपचारिक यी विषयहरूमा पनि छलफल भयो। नेपाल प्रेस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x