३ मंसिर २०८३, बुधबार
गोरखा- १ बाट चुनाव लड्ने सुधन गुरुङको घोषणा
काठमाडौं – हामी नेपाल नामक संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्ने घोषणा गरेका छन् ।
उनले आफू गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने जनाएका छन् । “गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,” सुधनले फेसबुकमा लेखेका छन् ।
आफ्नै गाउँ र आफ्नै माटोबाट परिवर्तनको सुरुवात गर्ने उनले उल्लेख गरेका छन् । “आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात,” उनले फेसबुकमा लेखेका छन्, “नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।”
Subscribe
Login
0 Comments


