११ भाद्र २०८३, बिहीबार

खेल पूर्वाधार र विकासमा फड्को मार्दै नेपाल: नेकपा नेतृत्वमा ‘कायापलट’

एसीपी संवाददाता

२६ पुष २०८२, शनिबार १०:१२ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय नेपालको खेलकुद र भौतिक पूर्वाधारको क्षेत्रमा भएका प्रगतिले ‘बन्दैछ नेपाल’ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ। नेपाली कम्युनिस्ट पार्टीको नेतृत्व र स्थानीय तहदेखि केन्द्रसम्मको सक्रियताले दशकौँदेखि रोकिएका र सुस्ताएका गौरवका आयोजनाहरूले तीव्रता पाएका छन्।

१. भरतपुर रंगशाला निर्माणमा रेनु दाहालको साहसिक कदम

चर्चा र विवादका बीच धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभाव देखाउँदै बीचैमा अलपत्र छाडेको चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले अहिले नयाँ जीवन पाएको छ। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको विशेष अग्रसरता र पहलकदमीमा अहिले यो रंगशाला निर्माण कार्य धमाधम अघि बढेको छ। स्थानीय सरकारको यो सक्रियतालाई खेल क्षेत्रमा एउटा ऐतिहासिक मोडको रूपमा हेरिएको छ।

२. कीर्तिपुर मैदानमा ‘फ्लड लाइट’ र एनपिएलको सफलता

प्रचण्ड नेतृत्वको सरकारको पालामा टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने निर्णय र बजेट विनियोजन भएको थियो। सरकारले ठेक्का प्रक्रिया अघि बढाएसँगै निर्माण सम्पन्न भई हालै मात्र नेपाल प्रिमियर लिग (NPL) सफलतापूर्वक सम्पन्न भएको छ। रात्रिकालीन खेल सम्भव भएसँगै नेपाली क्रिकेटको स्तर अन्तर्राष्ट्रिय स्तरमा पुगेको खेल प्रेमीहरूको ठम्याइ छ।

३. राष्ट्रिय गौरवका आयोजना: जनयुद्धको ‘इन्जिनियरिङ’ र विकासको आधार

नेपालको आर्थिक र सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण मानिएका ३१ वटा राष्ट्रिय गौरवका आयोजनाहरू अहिले कार्यान्वयनको विभिन्न चरणमा छन्। प्रचण्ड सरकारकै पालामा विशेष प्राथमिकतामा परेका यी आयोजनाहरूले पूर्णता पाउने हो भने नेपालको विकासमा ठूलो कायापलट हुने निश्चित छ:

• मध्य पहाडी लोकमार्ग: पहाडको जीवनरेखा।

• हुलाकी लोकमार्ग: तराई-मधेसको समृद्धिको आधार।

• काठमाडौं-निजगढ फास्ट ट्र्याक: राजधानी र तराई जोड्ने कडी।

विज्ञहरूका अनुसार यी ठूला पूर्वाधारहरूको अवधारणा र कार्यान्वयनमा तत्कालीन जनयुद्धले उठाएका एजेन्डा र त्यसपछिको राजनीतिक ‘इन्जिनियरिङ’को ठूलो हात छ। केन्द्रदेखि स्थानीय तहसम्म माओवादी नेतृत्वको सत्ता रहँदा विकासले गति लिनुलाई धेरैले नेपाल समृद्धिको दिशामा अघि बढेको प्रमाणका रूपमा लिएका छन्।

असल छोरीको उदाहरण रेणु

प्रचण्ड’ र रेनु दाहाल बाबु-छोरी मात्र नभएर देश विकासको महाअभियानमा एउटा ‘नाताभित्रको असल उदाहरण’ समेत बनेका छन्। जनयुद्धको कठिन मोर्चादेखि शान्तिकालको समृद्धिको यात्रासम्म सँगै हिँडेकी रेनुले कहिल्यै बुबाको ‘नाक काटिने’ काम गरिनन्, बरु भरतपुरको कायापलट गरेर दुनियाँका सामु एक सफल र असल छोरीको उच्च नमुना प्रस्तुत गरिन्। शक्ति र सत्ताको दुरुपयोग गर्ने अन्य नेताका सन्तानहरूका लागि रेनुको यो विकासप्रेमी सक्रियता र राजनीतिक निष्ठा एक ठूलो पाठ र प्रेरणाको स्रोत बन्नुपर्छ।

प्रचण्ड र रेनुको यो सहकार्यले नेपाली राजनीतिमा एउटा नयाँ मानक स्थापित गरेको छ। उनीहरू बाबु-छोरी भए पनि देश निर्माणमा एउटा ‘आदर्श टिम’ जस्तो देखिएका छन्। जनयुद्धमा सँगै होमिएकी रेनुले आज मेयरका रूपमा देखाएको कार्यकुशलताले अन्य नेताका छोराछोरीलाई पनि ‘पहुँचको सदुपयोग कसरी देशका लागि गर्ने’ भन्ने मार्ग देखाएको छ। सोसाइटीनेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x