११ भाद्र २०८३, बिहीबार
गुलजार–ए–अदब’को ५सय९४औँ मासिक गजल गोष्ठी सम्पन्न ।
नेपालगञ्जको उर्दू साहित्यिक संस्था गुलजार–ए–अदबकाे मासिक गजल गोष्ठी ५सय९४औँ श्रृंखला हाजी जाकिर हुसैन हल्वाईकाे अध्यक्षतामा सम्पन्न भएको छ ।
‘दिल राे दिया है उनकाे परेशान देख कर’ शीर्षकमा
शनिवार महेन्द्र पुस्तकालयमा सम्पन्न भएकाे उक्त गोष्ठीमा नेपालगञ्जका स्थापित शायरहरूले गजलहरू प्रस्तुत गरेका थिए । 
शायरहरू मुस्तफा अहसन कुरैशी ‘अहसन’, नुरुल हसन राई ‘नूर’, मोहम्मद आरिफ अन्सारी लगायतले आफ्नो गजल वाचन गरेका थिए ।
कार्यक्रममा महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवकाे विशेष उपस्थिति रहेको थियो । गोष्ठीले उर्दू साहित्य, विशेषतः गजल विधाको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको सहभागीहरूको भनाई रहेको थियो ।
Subscribe
Login
0 Comments


