२८ फाल्गुन २०८२, बिहीबार

बाँके युनेस्को क्लब द्वारा ग्रीन इकोनोमी परियोजना अन्तर्गत तालिम कार्यक्रम

एसीपी संवाददाता

२८ फाल्गुन २०८२, बिहीबार १९:०६ मा प्रकाशित

नेपालगन्ज । बाँके यूनेस्को क्लबले बर्दिया जिल्लाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकामा बाख्रा, बङ्गुर तथा स्थानीय कुखुरा पालन सम्बन्धी ३० दिने व्यवसायिक तालिम सञ्चालन गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।
तालिममा मुख्यतः युवतीहरू सहित ३० जना सहभागी रहेका छन् । उनीहरूको सीप अभिवृद्धि गर्दै हरित व्यापार र सूक्ष्म उद्यममार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको क्लबले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकामा आयोजित तालिम उद्घाटन कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष कमल चपाईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्ष अमिन थारु, रोजगार सेवा केन्द्र प्रमुख रविन्द्र अर्याल, एमआईएस अधिकृत पुष्कर न्यौपाने लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी राजापुर नगरपालिकामा आयोजित उद्घाटन कार्यक्रम वडा नम्बर ६ का वडा अध्यक्ष आशराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष रमेश दहित, रोजगार सेवा केन्द्र प्रमुख रमेश पोखरेल, पशु सेवा शाखा प्रमुख ओम बहादुर ओली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बाँके यूनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, कार्यकारी निर्देशक रवि कुमार तुलाधर, उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लमिछाने, परियोजना संयोजक राज कुमार खड्का, कार्यसमिति सदस्य भीम चौधरी, नेशनल मानस विकास तालिम प्रतिष्ठानका निर्देशक राकेश रोशन धमला, परियोजना अधिकृत राधे कृष्ण थारु तथा फिल्ड सुपरभाइजर सञ्जिता रिजाल र कञ्चन दहित लगायतको पनि उपस्थिति रहेको थियो ।
क्लबका अध्यक्ष सिद्दिकीका अनुसार तालिमको मुख्य उद्देश्य संवेदनशील अवस्थाका युवतीहरूलाई हरित व्यापार र सूक्ष्म उद्यममार्फत रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गरी सशक्त बनाउनु हो । यस पहलले स्थानीय स्रोत साधनको दिगो उपयोग र वातावरण संरक्षणलाई पनि प्रवद्र्धन गर्ने विश्वास गरिएको छ, जसले प्रदूषण घटाउन र जलवायु परिवर्तनका चुनौतीहरू न्यूनीकरण गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कमल चपाईले महिलाहरू व्यवसायमा संलग्न भई आर्थिक रूपमा आत्मनिर्भर बनेपछि उनीहरूको सामाजिक, राजनीतिक तथा व्यक्तिगत सम्मान बढ्ने र यसले समाजमा रहेको असमानता कम गर्न सहयोग पुग्ने बताए ।
त्यसैगरी अमिन थारु तथा अन्य वडा प्रतिनिधिहरूले उत्पादनको खपत र उद्यमको दिगोपनाका लागि बजार प्रवद्र्धन र प्रभावकारी बजारीकरण प्रणाली आवश्यक रहेकोमा जोड दिए ।
राजापुरमा आयोजित कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष रमेश दहितले हरित अर्थतन्त्रमा आधारित तालिमले युवतीहरूका लागि रोजगारी सिर्जना गर्नुका साथै वातावरणीय प्रदूषण न्यूनीकरणमा पनि सहयोग पुग्ने बताए ।
बाँके यूनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले यस पहलले युवतीहरूलाई हरित उद्यममार्फत आर्थिक सशक्तिकरण र आत्मनिर्भर बन्ने महत्वपूर्ण अवसर प्रदान गर्ने तथा वातावरण संरक्षणमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x