१७ जेष्ठ २०८३, आईतवार

बाँकेमा रहेका गर्गगोत्री आचार्य बन्धुमिलन तथा वंशाणु नामावली संकलन भेला सम्पन्न

एसीपी संवाददाता

१६ चैत्र २०८२, सोमबार २१:५४ मा प्रकाशित

नेपालगञ्ज , बाँकेमा रहेका गर्गगोत्री आचार्यहरूको बन्धु मिलन तथा वंशाणु नामावली संकलन भेला सम्पन्न गरिएको छ । पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद आचार्यको अध्यक्षता तथा प्रमुख अतिथिमा गर्गगोत्री आचार्य समाजका निवर्तमान अध्यक्ष तथा हालका सल्लाहकार जयप्रसाद आचार्य सहभागि रहेको सो भेलामा करिब १ सयबढी आचार्य बन्धुहरूको उपस्थिति रहेको थियो ।

सो भेलामा निवर्तमान अध्यक्ष जयप्रसादले आचार्यबन्धुहरूबाट आजीवन सदस्यता स्वरूप उठाएको रकमबाट देवघाटस्थित गर्गाश्रम निर्माण गरिसकेको र गार्गीसेवा आश्रम बापत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराएका थिए ।देवघाटको दर्शन हेतुले जाने आचार्य बन्धुहरूका लागि गर्गाश्रममा निशुल्क निवासको व्यवस्था गरिएको कुरा पनि जानकारी गराए

त्यस्तैगरी कार्यक्रममा केन्द्रीय सदस्यहरू बालकुमारी आचार्य लिलाधर आचार्य गुणनिधि आचार्य नारायण दत्त आचार्य आदिको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x