२३ चैत्र २०८२, सोमबार

कपिलवस्तुका पूर्व मन्त्री बलराम अधिकारी घुसकाण्डमा मुछिए

एसीपी संवाददाता

२० चैत्र २०८२, शुक्रबार १७:०३ मा प्रकाशित

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनी जोडिएको घुसकाण्डको छानबिन गर्न समिति बनाएको छ । भूमि मन्त्रालयले सचिवस्तरीय निर्णय गरुी र्बौद्ध तथा मेलम्ची ध्याङगुठीका चिनियाँ लामा भूपतीबज्र लामाको नियुक्ति जोडिएको विषय छानबिन गर्न भनेको छ । भूपतिबज्र लामामाथि तत्कालीन भूमि व्यवस्था मन्त्री अधिकारीलाई घुस खुवाएर नियुक्ति लिएको आरोप छ ।

मन्त्रालयले सहसचिव धु्रव घिमिरे, उपसचिव रोशनशंकर घिमिरे र कानून अधिकृत ध्रुव भण्डारी रहेको समिति गठन गरेको हो । तीनैजना भूमि व्यवस्था मन्त्रालयमा कार्यरत छन् ।

चुनाव गराउन गठित अन्तरिम सरकारले नै गत माघको दोस्रो साता विभिन्न अनियमिततामा मुछिएको एवं पदीय आचरण विपरीत काम गरेको आरोपमा चिनियाँ लामा भुपति बज्रलामालाई पदमुक्त गरेको थियो । भूमी व्यवस्थामन्त्री डा कुमार इङ्नामले आफूकहाँ उजुरी परेपछि छानविन गरेर निर्णय गर्न गुठी संस्थानलाई निर्देशन दिएका थिए ।

गुठी संस्थानले उनीमाथि मुख्यरुपमा चारवटा आरोपहरू लगाएको थियो । नियुक्त भएपछि गुठी जग्गाको संरक्षण नगरेको, गुम्बाको उचित व्यवस्थापन गरेको, गुम्बामा नबसेको अनि पदिय आचरण विपरीत काम गरेको भन्ने आरोपका आधारमा संस्थानले उनलाई पदमुक्त गरेको हो ।

पदमुक्त गर्नुअघि उनलाई संस्थानले स्पष्टिकरण सोधेको थियो । जवाफमा लामाले आफूमाथि विभिन्न सञ्चारमाध्यम र अरुले अपुष्ट लाञ्छना लगाएको आरोप लगाएका थिए ।

उनीमाथि नियुक्तिका लागि तत्कालीन भूमी, व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीलाई घुस बुझाएर चिनिया लामा पद लिएको आरोप लागेको थियो । उनीसँग नेपाल र हङकङको परिपत्र भेटिएको भनी मन्त्रालयले गुठी संस्थानलाई छानबिन गर्न भनेको थियो ।

गत पुसको अन्तिम साता तत्कालीन मन्त्री इङ्नामले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बौद्धस्थित स्तुपाहरुमा भक्तालुहरुलाई पठाउने क्रममा ‘चिनिया लामा’ले ५र१० हजार रुपैंया घुस लिनेगरी उजुरी आएको बताएका थिए ।

‘धार्मिक थलोमा आस्था अनुसार पूजा गर्न जाँदा पनि पैसा उठाउने विकृती फैलिएको रहेछ’ उनले सञ्चारकर्मीहरुसँग उनले भनेका थिए, ‘चिनिया लामा बन्नका लागि अहिले पदमा रहेका व्यक्तिले पूर्वमन्त्रीलाई पाँच करोड रुपैंया बुझाएका रहेछन् ।’

मन्त्री इङनामले ओली सरकारको पालामा मन्त्री भएका बलराम अधिकारीलाई रकम बुझाएकोवारे आफूकहाँ उजुरी परेको र त्यसको सोधपुछ चलिरहेको बताएका थिए । गुठी संस्थानले लामालाई पदमुक्त गरेपछि निर्वाचन आचारसंहिताका कारण निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

बौद्धनाथस्थित धार्मिक गुरुङलाई ‘चिनिया लामा’ नामले सम्बोधन गरिन्छ । गुठी संस्थान अन्तर्गत चलेको उक्त धार्मिक संस्थामा गुठी संस्थाले नै नियुक्ती गर्ने अभ्यास छ । भूमि व्यवस्था मन्त्रालय मातहत रहेको गुठी संस्थानबाट उनीहरुको नियुक्ति हुन्छ ।

को हुन् अधिकारी र
नेता अधिकारीले लामो समय एमाले कपिलवस्तुको नेतृत्वमा रहेर काम गरेका थिए । पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी झिनो मतान्तरले पराजित भएपनि दोस्रो संविधानसभाको निर्वाचन २०७० मा निर्वाचन जितेका थिए । नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायलाई चुनाव हराएर अधिकारी एकाएक राष्ट्रिय चर्चामा आएका थिए ।

आर्थिक रुपमा त्यति सम्पन्न नभएका अधिकारीलाई सुरुवाती समयमा चुनाव लड्न कार्यकर्ताले आर्थिक संकलन गरेर दिएका थिए । पार्टी राजनीतिमा रहदा उनी आर्थिक अपचलनमा कतै मुछिएका थिएनन् । तर, संविधानसभा सदस्य भएपछि भने उनी विस्तारै आर्थिक अपचलनमा पर्ने गरेको कार्यकर्ता आरोप लगाउँछन् ।

स्थानीय पालिकाको टिकट वितरणमा समेत अधिकारीले पैसा असुल्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । पछि २०७९ को आम निर्वाचनमा उनै अधिकारीले कपिलवस्तु क्षेत्र नं १ बाट निर्वाचन जिते ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनै अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्न पुगे । एमाले महासचिव शंकर पोख्रेल निकट मानिएका अधिकारीलाई महासचिव पोख्रेलले नै मन्त्रीका लागि लविङ गरेका थिए । प्रचण्ड नेतृत्वको सरकारमा केही महिना मन्त्री बनेका अधिकारीले पछि ओली नेतृत्वको सरकारमा दोस्रो पटक मन्त्री बन्ने सौभाग्य पाएका थिए ।

पुराना मन्त्रीलाई नदोहोर्‍याउने ओली नीति रहेपनि उनी अधिकारी मात्र दोहोरिन पुगेका थिए । मन्त्री बनेदेखि बदनामी कमाएका उनले मालपोतका कर्मचारी सरुवामा पनि करोडौं रकम चलखेल गरेको आरोप लागेको थियो । पोखराको लिचीबारी जग्गाकाण्डमा पनि उनै अधिकारी आर्थिक रकम चलखेल भएको तत्कालीन स्थानीय तथा सामान्य प्रशासन मन्त्री अजय गुप्ताले गम्भीर आरोप लगाएका थिए । यी विवादित विषय हुँदाहुँदै उनी अर्को लामाकाण्डमा मुछिनै छानबीनको दायरामा परेका हुन् । लुम्बिनीहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x