जिल्ला प्रशासन कार्यालय बाँकेमा न्याय माग्दै धर्ना
नेपालगन्ज – बांके जिल्लाका एस.पी अंगुर जि.सीलाई तथा बहुमुखि क्याम्पसका शिक्षक नारायण शर्मालाई कार्यबाहीको मांग गर्दै जिल्ला प्रसाशन कार्यालय अगाडी पिडितहरु तथा महिला अधिकारकर्मीहरु को आज देखि अनिश्चतकालिन धर्ना सुरु भएको छ ।

परसपुरकी अ.चौध बर्षकी बालिका बाख्रा चराउन गएका बेला उक्त बाख्रा शिक्षक नारायण शर्माको घर आगनमा पसी केही हानी नोक्सानी भएको भन्दै नारायण शर्मा लगायतकाले उक्त बाख्रा समाती बालीकालाई कुटपिट गरी बाख्रालाई आफनो टवाईलेटमा थुनी बालिकालाई पनि टवाईलेट भित्र थुन्देउ भनेर समात्न खोज्दा बालिका डराएर भागी आफनो घरमा सबै कुरा भने पछि घरका महिला सहित केही मान्छेहरु घटनास्थलमा पुगेर मेरो छोरीलाई किन पिटेको तपाईको सामान्य नोक्सान गर्ने बाख्रालाई त तपाईहरु ले आफनो टवाईटमा बाधेर राख्नु भएको छ फेरी किन बालिकालाई कुटनु भयो बरु हामी ले जानेर नगरेको नोक्सानमा पनि तपाईको भएको नोक्सान हामी तिर्थेयौ तर नाबालिक बालिकालाई अभद्र ब्यवहार नगर्नु पर्ने कुटपिट नगर्नु पर्ने कुरा गर्दै रहंदा अन्यायी नारायण शर्माले हामीहरु को कुरा नै नसुनी तथानाम फोहर फोहर गाली गलौज गरी प्लास्टीकको पानी तान्ने पाईपले मलाई कुटपिट गर्दै अभद्र ब्यवहार गर्न थाले हामीलाई लुछालुछ गर्दै कुटपिट गर्र्दा मलाई हातमा चोट लाग्यो र नारायण शर्मा भुईमा लडेर वा के गरी उनको हातमा चोट लाग्यो प्रहरीले हामी सबैलाई जिल्ला प्रहरी कार्यालय लग्यो तर हाम्रो कुरा नै नसुनी हामी संग वास्तविक्ता के हो सोध्दै नसोधी एकपक्षिय रुपमा दबाव प्रभावमा परि अन्याय गर्यो । यसरी बालीका तथा महिला सवालमा असंवेदनशिल्ता भएको हुंदा हामी अन्यायका बिरुद्धमा न्यायको खोजी रहेका छौ । जब सम्म हाम्रो जाहेरी दर्ता हुंदैन , बांकेका एस.पी अंगुर जि.सी तथा बालिकालाई कुटने शिक्षकलाई कार्यबाही हुंदैन हामी प्रत्येक दिन हामी धर्नामा बस्छौ ।




