द्वन्द र विवादबाट जन्मेको वर्तमान काग्रेस
ओम आचार्य
विशेष अधिवेशनबाट सभापती वन्नु भएका गगन थापाले आफ्नो कार्यसमीतिको वैधानिकतामा कुनै द्विविधा नराखी निस्चिन्त भएर कार्यसंचालन गर्दै आएका छन ! थापको नेतृत्वले नियमीत माहा अधिवेशन गर्ने विसय देखी लिएर क्रियाशिल सदस्य सम्बन्ध पनि निर्णय गरिसकेको छ! फागुनको प्रतिनिधी सभाको निर्वाचनको समीक्षा वैठक कोशी प्रदेस मा सम्पन्न गरिसकेको छ भने अन्य प्रदेशमा पनि गर्दै जाने भएको छ! क्रियाशिल सदस्यलाइ अध्यावधि गर्न सबै जिल्लाहरुमा जरा अभियानको लागी प्रतिनिधी समेत खटाइ सकेको छ !
निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरिसके पछी काग्रेसलाइ चलायमान वनाइ राख्न अदालतको निर्णय आउनु भन्दा अगाडि देखिनै कुनै विलम्व नगरी संसय नराखी सभापतिले कार्यसमीतिलाइ सक्रिय गराउदै आएको छन !
जेनजी आन्दोलनमा पाटीको केन्द्रिय भवनमा भएको आगजनी ले पुर्याएको भौतिक संरचनाको क्षतिको मर्मत र सम्भारमा जुटेर पुर्वअवस्थामा पुर्याएको छ!
पाटीको दैनिक प्रशाशनको मात्रै कार्यमा वर्तमान कार्यसमीति गम्भिर देखिन्छ ! अहिले पाटीले आफ्नो गुमेको वर्चस्वलाइ कायम राख्न यस्तो दैनिक प्रशाशनिक कामले मात्र पुग्दैन ! अन्य राजनीतिक दलहरु संग पनि समन्वयन गरी प्रतिपक्षको भुमिकामा दरो र शसक्त भुमिका निर्वाह गर्न पनि त्यतिनै जरुरी छ ! तर अहिले सम्म काग्रेसले संसदिय दलको नेतृत्व वनाउन नसक्नु खेद जनक छ!
सभापति गगन थापाको नेतृत्वको कार्य समीति भित्र काग्रेसकै सिनियर र पाटी संचालन गर्न अनुभवीहरुको ठुलै हिस्सा बाहिरै छन !जस्लाइ संस्थापन इतर भनेर चिनिन्छ! पुर्व कार्यवाहक सभापति पुर्ण बाहादुर खडका डा. प्रकाश शरण महत,प्रकाशमान सिंह , विमलेन्द्र निधी, कृष्ण प्रसाद सिटौला , डा. शेखर कोइराला , डा, शशांक कोइराला लगायत धेरै अहिले वर्तमान सभापति गगन थापाको वर्तमान पदाधिकारी मा असहती जनाउदै नियमीत माहाअधिवेषन आयोजक समीति वनाउनु पर्ने भनाइ सॅस्थापन इतरले राख्दै आएकाछन !अन्तर कलह मिलाउन राजनीतिक रणनीतिको लडाइमा छन !काग्रेस भित्र आन्तरिक एकता का लागी लडाई गर्दै आएका छन!माथि उल्लेख गरिएका नामहरु मात्र व्याक्ति हुन भनेर सभापतिले सोच्नु हुदै हुदैन! उनिहरुको काग्रेस भित्र इतिहास छ र त्यो इतिहासलाइ मार्ने र रोक्ने काम अहिलेको कार्ययमीतिले नगरोस ! यस्मा गगन थापा वडी सचेत र संयम हुनु पर्छ तिनिहरुको पछाडी काग्रेसको ठुलै झुन्ड छ यो कुरालांई मनन गरेर धारण गर्नु जरुरी छ!
काग्रेसलाई पुस्तान्तरण र रुपान्तरण को नाममा संगठन परिमार्जित गर्न जति जरुरी छ त्यतिनै जरुरी सिनियर नेताहरुको अनुभव क्षमतालाइ पनि आत्मसात गर्दै अवलम्बन गर्नु र समेट्नु पर्छ !
तत्कालिन केन्द्रिय समीतिको असहति र विमति हुदा हुदै विशेष अधिवेशनबाट सभापति वन्नु भएका गगन थापालाइ पाटी संचालन गर्न अहिले कठिन र कष्टप्रद छ! अहिलेको गगन थापाको नेतृत्वमा निर्मित केन्दिय समीति पाटी भित्रको द्वन्दबाट र ठुलै विवाद र कष्टकारी प्रसव बाट जन्मेको हुदा त्यस्तो जन्म सर्व स्विकार्य र सबैको मोह र प्रेम दिनेकाम अव गगन थापाके एकल निर्णय बडी जिम्मेवारी छ !गगन थापाले सस्थापन र संस्थापन इतर दुबै समुहलाइ बोक्न काधॅ वलियो वनाउने समय आएको छ ! सभापति गगनमा ठुलो जिम्मेवारी र त्यागको पनि त्यत्तिक्कै आवस्यक छ ! संस्थापन इतरको आन्तरिक एकताको शर्तलाइ काग्रेसको हितमा हो भनेर सकेसम्म न्युनतम विन्दुमा सहमती गरेर काग्रेसलाइ एक वनाउने जिम्मा मुलत सभापति गगन थापाकै दाइत्व र धर्म हो!
विराटनगरमा भएको कोशी प्रदेशको समीक्षा वैठकमा सभापति गगन थापा आउदा काग्रेसको परमधाम , प्रेरणको श्रोत भनेर उल्लेख गर्ने गरिएको कोइराला निवासमा गगन थापा नपुग्नु लाइ धेरैले रुचाएनन !
यो काग्रेस भित्रको सॅस्कार पनि होइन !यस्तो क्रियाकलापले अहिले भएको काग्रेस भित्रको द्वन्द अरु घट्ने हैन बढन सक्छ ! सभापतिले अहिले त्यो निवासमा को छ भनेर भन्नु भन्दा त्यो निवासको गरिमा र महत्व र एतिहासिंकतालाइ अहिले सम्म काग्रेसले बचाएर राखेको छ ! र त्यो काग्रेसको धरोहर हो !यसरी बुजे राम्रो हुन्छ !त्यसलाइ कम आंक्नु हुदैनथ्यो !
सस्थापन इतरले वैशाख १५/१६ गते संस्थापन इतर समुहका जिल्ला सभापतिहरुको भेला र १४ महाअधिवेसनका पदाधिकारीहरुको भेला वोलाएको मात्र छैन त्यतिखेरआवस्यक परे कठोर निर्णय लिने समेत जनाएको छ ! अर्को तर्फ डा. शेखर कोइरालाले पनि विशाल नगरको कोइराला सम्पर्क कार्यलयमा वुध्दीजिवीहरुको भिन्दै भेला डाकेका छन ! पुर्ण बाहादुर खडका र डा. शेखर कोइरालाको दुवै समुहबाट काग्रेसको संसदिय दलको नेता अहिले सम्म चयन हुन नसकेको मा चिन्ता व्यक्त गर्दै तुरुन्त दलको नेता चुन्न गगन थापालाइ सचेत गराएका छन !अहिले काग्रेसको अवस्था हेर्दा विरक्त र निराशाजनक छ ! गगन थापाले कुनै दुर्घटना हुनु भन्दा पुर्व नै पाटी एक बनाउने शुत्र अवलम्बन गरी अगाडी वढन सके स्वय पाटी सभापति को मात्र हैन काग्रेस समेतको हितमा देखिन्छ ! सभापतिको क्षमता र कार्यकुशलता समेत देखिन सक्छ ! अन्यथा पाटीमा विग्रह आए उन्को कार्यकालमा काग्रेस भित्र आउने ठुलै पनि क्षति को दोष गगन थापाको थाप्लोमा आउने र त्यो भारी बोक्नु पर्ने छ!



