१६ बैशाख २०८३, बुधबार

किन पक्राउ परिन महिला अधिकारकर्मी रुबि खान

एसीपी संवाददाता

१६ बैशाख २०८३, बुधबार १५:१० मा प्रकाशित

काठमाडौं । रुबी खान नेपालगन्ज निवासी महिलाहरुको हकअधिकारका लागि सक्रिय महिला समाजसेवी हुन ।मानव अधिकार छेत्रमा वहाँलाई नचिनेको मान्छे बिरलै होलान् । तर भन्ने गरिन्छ अरुको राम्रो नराम्रो कामको दोष आफुले पनि भोग्न पर्छ । शायद महिला अधिकार कर्मी रुबि खानलाई नि यहि परेको छ ।

रुबि खानको नाम कुनै बेला देश भरमा चर्चाको विषय बनेको थियोे नेपालगन्जकी एक महिला निर्मलाको मृत्यु वा हत्याको विषय लिएर खान काठमाडौं सम्म पैदल हिडेर आन्दोलन गर्ने एक मुस्लिम समुदायकी साहसी महिला बनिन यो कुरा देश भरका प्रहरी र अधिकारकर्मीलाई थाहा भएको कुरा हो । पीडितलाई न्याय र पीडकलाई कारबाहीको हुने माङका साथ  नेपालगन्जदेखि खुट्टाले हिँडेर काठमाडौं पुगिन र उनको निकै चर्चा भएको हो तर यो मुद्दामा पनि भने जस्तो सफलता देखिएन विभिन्न राजनितिक दलले धर्ना हटाइ सम्झौता गरेर आन्दोलन शान्त भएको थियोे ।

अहिले नेपालगन्जको एक घटना असंवेदनशिल्ता , दबाव–प्रभाव , अनिश्पक्षता तथा अन्यायका बिरुद्ध ! भन्दै उनको पुन: चर्चा बढेको छ उनी माथी विवादमा आफ्ना मान्छेहरू समातिँदा प्रहरीलाई छाड्न वा मिलापत्र गर्ने गराउने दबाब दिएको भन्दै प्रहरीले कडा एक्सन लिने भन्ने थप चर्चा बनेको छ । खानले प्रहरीलाई नै दबाब दि काम गराउने प्रयास गरेको ,  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जिसीलाई दबाब दिने गरेको  , प्रहरी प्रमुखको सरुवाको माङ गर्दै आन्दोलन शुरु गरेको तर आन्दोलनकै बिचमा मंगलबार खानलाई बाँके प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ । उनी माथी शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता हुनसक्ने प्रहरीको भनाई छ ।

बाँकेको घटित घटना अन्य संचारमा प्रकाशित – :

एक स्थानीय शिक्षक नारायण प्रसाद शर्मामाथि २०८३ वैशाख ३ गते उनको घरमै आक्रमण भएको थियो । नेपालगन्ज उपमहानगरपालिका १० विन्देवासिनी टोलमा रहेको शिक्षककै घरमा पुगेर करिब केही समयमै करिब २० जनाको समूह शर्माको घरमा पुगेको थियो । उक्त समूहले शर्माको घरमै प्रवेश गरेर ढुङ्गा तथा इट्टा तथा घरेलु औजार प्रयोग गरेर शर्मा, उनकी श्रीमतीमाथि कुटपिट भएको । आक्रमणपछि शर्माको हात भाँचिनुका साथै रगताम्मे अवस्थामै उनलाई उद्धार गरी पहिले प्रहरी कार्यालय लगी त्यहाँबाट नेपालगन्ज अस्पतालमा लगेर उपचार गरिएको थियो । प्रहरीले घटनामा संलग्न रहेका दुई जनालाई तत्कालै पक्राउ समेत गरेका थिए ।

पटक पटक आफ्नो अन्नबाली बाख्राले खाएपछि आजित भएका शर्माले छलफलका लागि बाख्रा नियन्त्रणमा लिँदा छलफल गर्नुको साटो आक्रमण गरी गम्भीर घाइते बनाउने व्यक्तिहरू पक्राउ परेपछि प्रहरीले उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर अनुसन्धान सुरु गरेको थियो ।

तर उक्त घटनामा मिलापत्र गराउनुपर्ने भन्दै महिला अधिकारकर्मी रुबी खानले बाँके प्रहरीलाई दबाब माङ गरेको । बाँके प्रहरीले पनि स्थानीयबिच भएको झगडा भनेर मिलाउने प्रयास गरेको तर नमिले पछि प्रहरीले ज्यान मार्ने उद्योगको उक्त घटनालाई अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गर्दै आएको हो ।

 घाइते शर्माको ;- प्रकाशित बिचार 

घाइते शर्माका अनुसार हामी बिरुद्ध नै जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा  दर्ता गराउने प्रयास गरियो । मेरो घरमा आक्रमण गर्ने ब्याक्तीलाई प्रहरीले पक्राउ गरे पछि र मुद्दा चलाए पछि प्रहरी विरुद्ध नै कार्यवाहीको माङ गर्दै व यो मुद्दा मा अन्य बिसयलाई समेत उठाएर प्रहरी माथि दबाब सृजना गर्ने प्रयास भएकै हो ।

यसरी प्रहरीलाई नै दबाब दिएर आफ्नो अनुसार सम्झौता गराउने प्रयास गर्‍यो भने कानुनको ठाडो उल्लंघन हुन्छ प्रहरीलाई दबाब दिएर आफ्नो अनुकुल सम्झौता गराउने हो भने न्यायीक परिसदको भुमिकामा प्रश्न उठन सक्छ । प्रहरीले कानुनी प्रक्रिया बढाएको छ जो पीडित छ उस्ले न्याय पाउनु पर्छ र पिड्कले सजाय यहि कानुनी प्रक्रिया हो प्रहरीले आफ्नो काम गर्दै छ। कसैको सोच र भनाइ अनुसार प्रहरी हिनेमा समाजमा डर त्रास बढदै जाने छ । मलाई आशा छ प्रहरी प्रशासन बाट न्याय हुनेछ ।

महिलाअधिकारकर्मी रुबि खानको भनाइ , धर्मा प्रदर्शन बेलाको तस्बिर । 

महिला अधिकार मञ्च बाँके आफ्न माङ राख्दै जारी गरेको

प्रेज बिज्ञप्ति

आदरणिय पत्रकार मित्रहरु
नमस्कार !

उपरोक्त सम्बन्धमा लैङ्गक्तामा आधारित हिंसाका बिरुद्धमा न्यायका लागी महिलाहरु घाम पानी नजिक टांढा दुरी समेत नहेरी सम्बन्धित निकायमा भौतारी रहेका छन । महिला माथि हुने हिंसाहरु दिन दिनै मिडियामा आई रहेका छन । संबिधानले अधिकार दिएपनि तर सम्बन्धित निकायको हलुका कार्यान्वयन र महिलाको सवाललाई प्राथमिक्ता नदिएकै कारण महिलाहरु झन झन हिंसाको सिकार भईरहेका. अवस्था बिद्यमान छ ।
पछिल्लो समयमा भएका तपशिलका घटनाले महिलाका सवालमा बाँके जिल्लाका एस.पी कति असंवेदनशिल छन कति गैरजिम्मेवार छन कति दबाव र प्रभावमा परि महिलाका सवालमा अनिश्पक्षता छ प्रस्ट देखाउछ ।

घटनाहरु
१.शिक्षकद्धारा नाबालिक बालिका तथा महिलालाई अभद्र ब्यवहारमा एस.पी अंगुर जि.सि द्धारा असंवेदनशिलता । पक्षपात तथा दबाव र प्रभावमा एकलौटी रुपमा मुद्दा दर्ता ।

२.जलाएर मारिएकी महिला सृजना बुढा मगरको यौन पेशामा आबद्धता रहेको भनि ए.पी अंगुर जि.सि द्धारा मरणोपरान्त चरित्र हत्या । आन्दोलन पछि मात्र जाहेरी दर्ता ।

३.टंगपसरी की गुडिया कहार हत्या केसमा पिडितले चार जना माथि दिएको ज्यान सम्बन्धिको कसुरमा जाहेरी दर्ता नगरि मात्र एक जना सासु माथि ए.पी अंगुर जि.सिद्धार दुरुत्साहन जाहेरी दर्ता गरेको ।

४.ब्यक्ति बेपत्ताको जाहेरी करिब २ महिनामा दर्ता भएको तर मान्छे समातिएन ।

५.नाबालक ६ बर्षिय बालक दिपेश चमारको स्कुल र बिद्यालय ब्यवस्थापनको लापरवाही तथा कम्जोरीले बुग्गी गाडाले कुल्चिएर मृत्यु तर ए.पी अंगुर जि.सिद्धारा प्रिन्सिपल, बि.ब्य.स. अध्यक्ष र बुग्गी गाडा चालक २ जना मध्ये १ जना माथि जाहेरी दर्ता भयो । ३ जनालाई दबाव प्रभावमा परि बचाउने कार्य ए.पी अंगुर जि.सिद्धारा भयो ।

६.निर्मला कुर्मीको घटनामा अनुसंधानका प्रहरी तथा पदाधिकारीलाई गृह मन्त्रालयले पठाएकोमा ए.पी अंगुर जि.सिद्धारा दबाव प्रभावमा अनुसांधान टिम माथि केरकार , सरुवा ।

कार्यालयका प्रमुखद्धारा भएको हुंदा यि महिला प्रतिको असंवेदनशिल्ता , अन्याय कुनै पनि अवस्थामा स्वीकार्य नहुने हुंदा तपशिलको माँग पुरा नहुंदा सम्म हामी पिडित महिला तथा महिला अधिकार कर्मीहरु अनिश्चितकालिन धर्नामा बस्छौ र समयमा हाम्रो माँग पुरा भएन भने आवश्यक्ता अनुसार हाम्रो आन्दोलनको स्वरुप परिवर्तन गर्छौ यसमा सबैको साथ र सहयोगका लागी हार्दिक अनुरोध गर्दछु ।

हाम्रा मांग

१.बाँके जिल्लाका एस.पी अंगुर जि.सीलाई तत्काल कार्यवाही गरियोस ।

२.बहुमुखि क्याम्पसका शिक्षक नारायण शर्मालाई तुरुन्त कार्यबाही

सकिना शाह
बांके अध्यक्ष

नोटः-जब सम्म यि माँगहरु पुरा हुदैनन हाम्रो आन्दोलन प्रत्येक दिन निरन्तर अनिश्चतकालिन रुपमा जिल्ला प्रशासन कार्यालयका अगाडी दई घण्टा धर्ना जारी रहन्छ र यस आन्दोलनको नेतृत्व महिला अधिकार मञ्च,बाँके जिल्लाकी अध्यक्ष सकिना शाह ले गर्ने र आवश्यक्ता अनुसार आन्दोलनको स्वरुप परिवर्तन गरिने ब्यहोरा जानकारीका लागी अनुरोध छ।

 

 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x