ट्रम्प बिशेष दुत गोर किन आउँदैछ्न नेपाल ?
एजेन्सी – नेपालमा नयाँ सरकार बनेको १ महिना हुँदा अमेरिकी प्रतिनिधि धमाधम नेपाल आउन लागेका छ्न । यहि क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउन लागेका छ्न ।
राष्ट्रपति ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत समेत रहेका सर्जियो गोर भारतका लागि अमेरिकी राजदूतसमेत हुन् ।
उनको मिसन भनेको नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्ने अनि आफ्नो देशको संदेश सुनाउने हो । तर प्रधानमन्त्री कार्यालय बाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । नेपाल र नेपाली जनतालाई थाहा छ प्रधानमन्त्री बालेन शाहले हवाको भरमा कसैलाई स्वागत जादैनन । प्रधानमन्त्रीले आफ्नो समय काममा मात्र ध्यान दिने गरेका छ्न ।
गोरले यसअघि बंगलादेश, भुटान, श्रीलंकालगायत देशको भ्रमण गरी त्यहाँका राष्ट्र प्रमुखहरूसँग भेट गरिसकेका छन् ।नेपालमा भने प्रधानमन्त्रीसँग भेट सुनिश्चित नभए पनि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग गोरको भेटघाट तालिका निश्चित भएको छ ।
अमेरिकी प्रतिनिधि गोरको यो भ्रमण एक्कासि हो कि अमेरिकी पुर्ब प्लान हो भन्न सकिन्न आखिर के उद्देश्यका साथ उनी आउन लागेको हो भन्ने आफ्नो धारणा सार्वजनिक गरेका छैनन् एसियामा मजबुत बनाउने योजनामा अमेरिकि प्रतिनिधि अभ्यास हुने अनुमान गरिएको छ ।



