६ जेष्ठ २०८३, बुधबार

युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI)” तालिम सफलतापूर्वक सम्पन्न

एसीपी संवाददाता

६ जेष्ठ २०८३, बुधबार २२:०५ मा प्रकाशित

बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिका र मधुवन नगरपालिकामा युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI)” तालिम सफलतापूर्वक सम्पन्न गरियको छ । तालिममा २ दिन कन्टेन्ट क्रियसन तथा १ दिन कृतिम बौद्धिकता AI सम्बन्धी सिकाइ र प्रयोगात्मक अभ्यास गरिएको थियो ।
डिजिटल सञ्चार क्षमता, सिर्जनात्मक कथा प्रस्तुतिकरण, सामाजिक सञ्जालमार्फत सचेतनामूलक अभियान सञ्चालन, तथा AI उपकरणहरूको जिम्मेवार प्रयोग सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले संचालित तालिमका प्रमुख विषयहरूमा डिजिटल कन्टेन्ट निर्माण, फोटोग्राफी तथा भिडियोग्राफी, स्क्रिप्ट लेखन, सामाजिक सञ्जाल व्यवस्थापन, प्रभावकारी सन्देश निर्माण, AI टुल्सको प्रयोग, AI मार्फत कन्टेन्ट निर्माण, डिजिटल सेफगार्डिङ, तथा सामाजिक परिवर्तनका लागि प्रभावकारी कथा प्रस्तुतिकरण समावेश रहेका थिए । सहभागीहरूले व्यावहारिक अभ्यासमार्फत छोटा भिडियो, क्याप्सन, तथा जनचेतनामूलक सामग्री समेत तयार गरेका थिए । तालिममा युवा एम्बासडर तथा परियोजना कर्मचारी गरी ४० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमको समापन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका प्रविधिका सल्लाहकार बिनोय दिल लामाले अहिलेको युग डिजिटल युग भयकाले समय संगै प्रबिधि मैत्री हुन जरुरि छ ,साथै युवाहरुले समुदायमा संदेश प्रबाह गर्न कन्टेन्ट क्रेसन मार्फत संदेश दिन जरुरि भयको बताय ,साथै AI को प्रयोग गर्दा साबधानी अपनाउने कुरामा समेत जोड दियका थिय । तेसै गरि सस्थाका उप निर्देशक गोविन्द प्रसाद लामिछानेले समुदायमा मानब बेचबिखन रोकथाम तथा नियन्त्रण गर्न ,बाल बिवाह बिरुद्ध संदेश प्रवाह गर्न युवा दुतको भूमिका महत्वपूर्ण रहेको बताय । बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकिले शुभकामना सहित सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नु भयको थियो ।
कार्यक्रममा प्लान इन्टरनेसनल नेपाल का बिभुराज आचार्य, हसरत अली कसगर, ऋचा ज्ञवाली र दुर्गा क्षेत्रीले सहजीकरण गर्नुभएको थियो भने समग्र व्यवस्थापन तथा समन्वय ईश्वर बिक र सबित्रा भाट र प्रमिसा थारु ले गरेका थिय । तालिम पश्चात सहभागीहरूले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मलाई बाल संरक्षण, मानव बेचबिखन विरुद्ध सचेतना, सुरक्षित आप्रवासन, लैंगिक समानता तथा सकारात्मक सामाजिक परिवर्तनका लागि जिम्मेवार रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x