१९ जेष्ठ २०८३, मंगलवार

जी इन्टरटेनमेन्टद्वारा फिफा विश्वकप फुटबलको प्रसारण गर्ने अधिकार सुरक्षित

एसीपी संवाददाता

१९ जेष्ठ २०८३, मंगलवार ०७:१० मा प्रकाशित

काठमाडाैं । भारतमा जी इन्टरटेनमेन्टले फिफा विश्वकप फुटबल २०२६ को प्रसारण गर्ने भएको छ ।

माचार संस्था रोयटर्सले जी इन्टरटेनमेन्टले विश्वकप २०२६ र २०३४ सम्म ३८ अन्य फिफा कार्यक्रमहरू प्रसारण गर्ने अधिकार सुरक्षित गरेको सजनाएको हाे । योसँगै विश्वको प्रमुख बजारमध्य एक भारतमा प्रतियोगिताको उपलब्धतालाई लिएर महिनौ‌ लामो गतिरोध समाप्त भएको छ । यद्यपी जी इन्टरमेन्टले कति मूल्यमा प्रसारण अधिकार किनेको भन्ने सार्वजनिक भएको छैन ।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले शुरूमा २०२६ र २०३० को विश्वकपलाई समेट्ने भारत प्याकेजका लागि करिब १० करोड डलर खोजेको थियो । तर पछि ६ करोड डलरमा घटाएको हाे। अमेरिका, क्यानाडा र मेक्सिकोमा यहि जेठ २९ गतेदेखि प्रतियोगिता शुरू हुनुःभन्दा १० दिनअघि यो सम्झौता भएको हो ।

पहिलो पटक विश्वकप ३ वटा देशले संयुक्त आयोजना गरेका हुन् । यस पटकदेखि ४८ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टोलीलाई १२ वटा समूहमा छुट्याइएको हाे। त्यस्तै, नेपालमा हिमालय स्पोर्ट्स टिभी र डीगो एपमार्फत फिफा विश्वकप प्रसारण हुने भएको छ । इमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x