२३ श्रावण २०८३, शनिबार

बुटवलका प्रमुख ( डीएसपी ) निशान्त श्रीवास्तव लाइ सम्मान

एसीपी संवाददाता

२३ श्रावण २०८३, शनिबार २२:२० मा प्रकाशित

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ( डीएसपी ) निशान्त श्रीवास्तव लाइ सम्मान गरिएको छ
बुटवलको शान्ति सुरक्षामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तव सम्मानित भएका छन्।
शुक्रबार स्वतन्त्र नागरिक समूह र सिमली फाउन्डेसन नेपालद्वारा बुटवल-७, दिपनगरमा आयोजित वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी श्रीवास्तवलाई सिमली फाउन्डेसन नेपालले दोसल्ला ओढाएर तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो।
श्रीवास्तवको नेतृत्वमा इलाका प्रहरी कार्यालय बुटवलले ‘साइलेन्ट स्ट्रिट’ अभियानमार्फत रातिको समयमा चर्को आवाजमा मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा सडकमा स्टन्ट गर्ने गतिविधिमाथि नियन्त्रण बढाएको छ। साथै, बुटवलका सुनचाँदी पसलमा भएका चोरीका घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न समेत प्रहरीले सफलता हासिल गरेको छ। सार्वजनिक कार्यक्रम तथा संवेदनशील अवस्थामा प्रभावकारी प्रहरी परिचालनमार्फत शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिकाको कदर गर्दै श्रीवास्तवलाई सम्मान गरिएको आयोजकले जनाएको छ।बुटवलटाइम्स

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x