२ आश्विन २०८३, शुक्रबार

हस्तक्षेप हो कि नेकपाभित्रको विभाजन मिलाउन आएका चिनियाँ प्रतिनिधिमण्डल

एसीपी संवाददाता

१७ पुष २०७७, शुक्रबार १५:३२ मा प्रकाशित

चीनले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको प्रतिनिधिमण्डल दुई पक्षबीचको सम्बन्ध अझ बलियो बनाउन भएको कुरा दोहोऱ्याएको छ । सत्तारुढ दल नेकपाभित्रको विभाजन मिलाउनका लागि चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको भए पनि चीनले भने स्पष्ट रुपमा त्यो कुरा खुलाएको छैन ।

बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनमिनले चिनियाँ प्रतिनिधिमण्डल र नेपालका राजनीतिक दलबीच भएको भेटघाटमा दुई देशबीचको आपसी हित र सम्बन्ध सुदृढीकरणका बारेमा कुरा भएको बताएका हुन् ।
भारतीय सञ्चारमाध्यम प्रसार भारतीका बेइजिङस्थित संवाददाताले ‘नेपालमा चिनियाँ प्रतिनिधिमण्डलले भ्रमण गऱ्यो । यस भ्रमणको नतिजाका बारेमा तपाईँले केही बताइदिनुहुन्छ कि ?’ भनेर सोधेको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वेनमिनले भने :

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागको एक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा गएको थियो । उक्त प्रतिनिधिमण्डलले त्यहाँको सत्तारुढ र प्रतिपक्षी दलका नेतासँग भेटघाट गऱ्यो र भेटघाटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डल र नेपालका राजनीतिक दलबीच विचारको आदानप्रदान भयो । पारस्परिक हितका बरेमा पनि कुराकानी भयो । बेल्ट एण्ड रोड इनिसियटिभका बारेमा पनि कुरा भयो । नेपाली पक्षले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १००औं स्थापना वर्षका अवसरमा बधाई पनि दियो । नेपालले दुई देशबीचको सम्बन्ध अझ बलियो पार्नेमा जोड दियो । यसैसाथ हामीले दुई पक्षबीचको सम्बन्ध अझ बलियो बनाउँछौँ ।

यसअघि सोमबार बेइजिङमा भएको पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका अर्का प्रवक्ता चाओ ली च्येनले आफ्ना पार्टी नेताहरूको काठमाडौं अवतरण मित्रता तथा सहकार्यका विषयमा विचार विमर्शका लागि भएको बताएका थिए । उनले भनेका थिए, ‘चिनियाँ कम्युनिष्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त अपनाउँदैन ।’

चिनियाँ टोलीका तीन सन्देश
सत्तारूढ नेकपा विभाजित भएसँगै राष्ट्रपति सी चिनफिङको निर्देशनमा बेइजिङबाट आइतबार काठमाडौं उत्रिएको चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय विशेष टोलीले नेपालमा विकसित राजनीतिक परिस्थितिबारे चिन्ता र चासो प्रकट गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा यहाँका राजनीतिक दलहरूसँग सम्बन्ध मजबुत बनाउन भ्रमण गरेको भनिए पनि शीर्ष नेतासँगका सबै भेटमा चिनियाँ अधिकारीहरूले नेपालमा विकसित राजनीतिक अस्थिरता र नेकपामा आएको फुटबारे बढ्ता जिज्ञासा राखेको थियो।

नेकपालाई जोड्न चीनले रेफ्रीको भूमिका खेलिरहेको छ : श्याम शरण
चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्कमल दाहाल र माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा दाहाल-नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेकपा उपाध्यक्ष वामदेव गौतमलगायतलाई भेटेर स्वदेश फर्किएको थियो ।

यसैबीच नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले सत्तारुढ नेकपाको विवाद मिलाउन चीनले रेफ्रीको भूमिका खेलेको भनेर प्रतिक्रिया दिएका थिए । ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x