२२ कार्तिक २०८३, शनिबार

बाबी जसगढ पाँचु ज्वेलरीद्वारा तिहार, दीपावली तथा छठ पर्वको शुभकामना

एसीपी संवाददाता

२२ कार्तिक २०८३, शनिबार २३:२२ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, कात्तिक २१ गते — बाँकेको नेपालगन्ज–११, सदरलाइनस्थित प्रसिद्ध व्यावसायिक प्रतिष्ठान बाबी जसगढ पाँचु ज्वेलरी परिवारले नेपालीहरूको महान् पर्व शुभ तिहार, दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण देशवासी, आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ-दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

ज्वेलरी परिवारले जारी गरेको शुभकामना सन्देशमा ‘हाम्रो पर्व, हाम्रो संस्कृति, हाम्रो गौरव’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै तिहार र छठ पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, एकता र भाइचाराको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।

सन्देशमा भनिएको छ, “भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको अगाध प्रेम, आत्मीयता र विश्वासलाई अझ बलियो बनाओस् भने छठ पर्वको पवित्र उपासनाले हाम्रो मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई थप मजबुत बनाओस्।”

त्यस्तै, दीपावलीको उज्यालो र छठ पर्वको पवित्रताले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि, सफलता तथा दीर्घायु ल्याओस् भन्ने कामना पनि ज्वेलरी परिवारले गरेको छ।मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै चाडपर्वलाई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको उत्सवका रूपमा मनाउनुपर्नेमा जोड दिँदै प्रतिष्ठानले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकप्रति आभारसमेत व्यक्त गरेको छ।

बाबी जसगढ पाँचु ज्वेलरी परिवारले सबैमा सुखद, शान्तिपूर्ण र उल्लासमय तिहार, दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x