२४ कार्तिक २०८३, सोमबार

नेपालगन्ज–२२ मा जनमत पार्टीको सक्रियता तीव्र, कमर अलि साईको नेतृत्वमा ११ सदस्यीय टोल समिति गठन बुलडोजर बाबासँग अन्तरक्रिया तथा जनसम्पर्क अभियान तीव्र, स्थानीय निर्वाचनलाई लक्षित गर्दै घरदैलो र छलफललाई प्राथमिकता

एसीपी संवाददाता

२४ कार्तिक २०८३, सोमबार १८:५१ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज , कात्तिक २३ गते — आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राष्ट्रिय जनमत पार्टीले आफ्नो राजनीतिक तथा संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ। यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ मा पार्टीले समिति गठन तथा ‘बुलडोजर बाबा’सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

युवा नेता कमर अलि साईको नेतृत्वमा ११ सदस्यीय टोल समिति गठन गरिएको कार्यक्रममा स्थानीय नागरिक, समर्थक तथा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रममा राष्ट्रिय जनमत पार्टीका केन्द्रीय सभापति रियाज अहमद शेष, महासचिव राजा सिंह, केन्द्रीय सदस्य गफुर खान, युवा नेता सकिल हल्वाई, साहिद हल्वाई, मोनू जसगड, बेचन बानियालगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा नेताहरूले स्थानीय जनताका समस्या, विकास निर्माणमा देखिएका चुनौती, सुशासन, रोजगारी तथा जनताको आधारभूत आवश्यकताका विषयमा छलफल गरेका थिए। उनीहरूले जनताको घरदैलोमै पुगेर जनताका वास्तविक समस्या बुझ्ने र समाधानका लागि राजनीतिक रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेताहरूले परिवर्तनका लागि जनताको साथ र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै जनताको विश्वास जित्न निरन्तर जनसम्पर्कमा रहनुपर्ने धारणा राखेका थिए। स्थानीय तहमा देखिएका बेथिति, विकास निर्माणमा हुने ढिलासुस्ती र जनताले भोग्नुपरेका समस्यालाई प्राथमिकताका साथ उठाउने उनीहरूको भनाइ थियो।

यसैबीच, युवा नेता कमर अलि साईको नेतृत्वमा ११ सदस्यीय टोल समिति गठन हुनुलाई पार्टीले वडा तहमा संगठन विस्तार र जनसम्पर्क अभियानलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा लिएको छ।

कार्यक्रममा सहभागी समर्थक तथा कार्यकर्ताहरूले ‘राष्ट्रिय जनमत पार्टी जिन्दावाद’, ‘बुलडोजर बाबा जिन्दावाद’ र ‘बुलडोजर छाप जिन्दावाद’ लगायतका नारा लगाउँदै आफ्नो समर्थन जनाएका थिए।

पछिल्लो समय नेपालगन्जका विभिन्न वडा तथा टोलमा जनमत पार्टीका नेता–कार्यकर्ताहरूले भेटघाट, छलफल र अन्तरक्रियालाई तीव्रता दिइरहेका छन्। पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले ‘बुलडोजर छाप’प्रति जनताको आकर्षण बढ्दै गएको दाबी गरेका छन्।वडा नम्बर २२ मा समिति गठन र अन्तरक्रिया कार्यक्रमसँगै जनमत पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई थप गति दिने संकेत देखिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x