१०औँ राष्ट्रिय खेलकुदका लागि लुम्बिनीबाट कुस्तीका २० खेलाडी छनोट, महिलातर्फ बाँकेको ऐतिहासिक ‘क्लिन स्वीप’ समग्र टोलीमा १४ खेलाडीसहित बाँके पहिलो, महिलाका सबै १० तौल समूहमा बाँकेकै खेलाडी छनोटाडीसहित बाँके पहिलो, महिलाका सबै १० तौल समूहमा बाँकेकै खेलाडी छनोट
दिनेश ठाकुर नेपालगन्ज, कात्तिक ३० — आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि लुम्बिनी प्रदेशबाट कुस्तीका २० जना खेलाडी छनोट भएका छन्। रुपन्देहीको भैरहवामा कात्तिक २९ गते सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा बाँकेका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै कुस्तीमा आफ्नो बलियो वर्चस्व स्थापित गरेका छन्।
प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषतर्फ १० र महिलातर्फ १० गरी कुल २० जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन्।
प्रतियोगिताको सबैभन्दा उल्लेखनीय उपलब्धि महिलातर्फ बाँकेले हासिल गरेको शतप्रतिशत सफलता बनेको छ।
महिलातर्फका सबै १० वटै तौल समूहमा बाँकेका खेलाडी प्रथम हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्। यससँगै महिला कुस्तीमा बाँकेले ‘क्लिन स्वीप’ गरेको छ।पुरुषतर्फ पनि बाँकेका खेलाडीले प्रभावशाली प्रदर्शन गरेका छन्। पुरुषका १० तौल समूहमा रुपन्देहीका पाँच, बाँकेका चार र गुल्मीका एक खेलाडी प्रथम हुँदै प्रदेश टोलीमा स्थान बनाउन सफल भएका छन्।
समग्र छनोट नतिजाअनुसार बाँकेबाट सर्वाधिक १४ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्। त्यसैगरी रुपन्देहीबाट पाँच र गुल्मीबाट एक जना खेलाडी छनोट भएका छन्। यसले लुम्बिनी प्रदेशको कुस्ती खेलमा बाँकेको बलियो उपस्थिति र खेलाडी उत्पादनमा जिल्लाले हासिल गरेको प्रगतिलाई थप उजागर गरेको छ।
नेपाल कुस्ती संघका प्राविधिक तथा प्रमुख प्रशिक्षकको निगरानीमा सम्पन्न प्रतियोगितामा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदास गौतम, नेपाल कुस्ती संघ बाँकेका अध्यक्ष तथा प्रशिक्षक ईकबाल राई, संघका सदस्य तथा प्रशिक्षक राजु कहारलगायतको उपस्थिति रहेको थियो।
बाँकेबाट छनोट भएका खेलाडीहरू
पुरुषतर्फ (४ जना)छनोट भएका खेलाडीहरूले आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
महिलातर्फ सबै तौल समूहमा शतप्रतिशत सफलता हासिल गर्नुका साथै समग्र टोलीमा पनि सबैभन्दा बढी खेलाडी छनोट गराउन सफल हुनु बाँकेको कुस्ती खेलका लागि महत्वपूर्ण उपलब्धि बनेको छ।
यस सफलताले बाँकेमा कुस्ती खेलको विकास, प्रशिक्षण र खेलाडीहरूको मेहनतलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने अवसर प्रदान गरेको छ। अब राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने र जिल्ला तथा प्रदेशको नाम उँचो राख्ने लक्ष्यसहित छनोट भएका खेलाडीहरू तयारीमा जुट्ने अपेक्षा गरिएको छ।



