२ मंसिर २०८३, मंगलवार

छठ पर्वमा नेपाल मुस्लिम इत्तिहाद संगठन बागमती प्रदेशद्वारा निःशुल्क पानी वितरण

एसीपी संवाददाता

१ मंसिर २०८३, सोमबार २३:२२ मा प्रकाशित

छठ पर्वमा नेपाल मुस्लिम इत्तिहाद संगठन बागमती प्रदेशद्वारा निःशुल्क पानी वितरण गरिएको छ ।

नेपाल मुस्लिम इत्तिहाद संगठन बागमती प्रदेशले छठ पर्वको अवसरमा श्रद्धालु भक्तजनका लागि निःशुल्क पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममार्फत धार्मिक सद्भाव, आपसी भाइचारा र सामाजिक एकताको सन्देश प्रवाह गरिएको संगठनका प्रदेश अध्यक्ष समीम ख़ानले जानकारी दिनुभयो।

उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै छठ पर्व मनाउने सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x