२ मंसिर २०८३, मंगलवार

राप्ती सोनारीदेखि नरैनापुरसम्म धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना, सांसद सुरेश चौधरीद्वारा स्थलगत अवलोकन

एसीपी संवाददाता

२ मंसिर २०८३, मंगलवार २०:४६ मा प्रकाशित

बाँके — राप्ती सोनारी तथा नरैनापुर क्षेत्रलाई धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बाँके क्षेत्र नं. १ का संघीय सांसद सुरेश कुमार चौधरीसहितको टोलीले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको स्थलगत अवलोकन गर्दै सम्भावित विकासका विषयमा छलफल गरेको छ।

राप्ती सोनारी गाउँपालिका–६ स्थित चुरे पहाडमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको त्रिपुरेश्वर मन्दिरदेखि गरुडेश्वर, खैरहवा, सन्तानेश्वर, गोवर्धनधाम हुँदै बर्फानी बाबासम्मलाई जोडेर आकर्षक ट्रेकिङ तथा साइक्लिङ रुट निर्माण गर्ने सम्भावनाबारे छलफल गरिएको हो।

यस क्षेत्रका धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई एउटै पर्यटकीय सञ्जालमा जोड्न सके बाँके जिल्लाकै पर्यटन विकासमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ। यस्तो योजना कार्यान्वयनमा आए स्थानीय युवाका लागि रोजगारी सिर्जना हुनुका साथै होटल, यातायात, व्यापार तथा स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

स्थलगत अवलोकनका क्रममा धार्मिक स्थलहरूको संरक्षण, पूर्वाधार निर्माण र पर्यटकलाई आकर्षित गर्ने योजनाबारे समेत चासो व्यक्त गरिएको थियो।

राप्ती सोनारीदेखि नरैनापुरसम्मका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई व्यवस्थित रूपमा जोडेर विकास गर्न सके यस क्षेत्रलाई बाँकेको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना देखिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x