१३ मंसिर २०८३, शनिबार

स्रोत नखुलेको ६६ हजार ९५० युआनसहित दुई चिनियाँ नागरिक पक्राउ

एसीपी संवाददाता

१३ मंसिर २०८३, शनिबार ०६:४० मा प्रकाशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको ६६ हजार ९५० चिनियाँ युआनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
बिहीबार भोटेकोशी गाउँपालिका–२ स्थित अस्थायी प्रहरी पोस्ट १० किलो अगाडि सवारीसाधन जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको हो।
इलाका प्रहरी कार्यालय कोदारी र अस्थायी प्रहरी पोस्ट १० किलोबाट खटिएको संयुक्त प्रहरी टोलीले कोदारीबाट काठमाडौं आउँदै गरेको बा ५ च ५२९३ नम्बरको स्कार्पियो गाडी जाँच गर्दा रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
प्रहरीका अनुसार गाडीको बीचको सिटमा सवार ५१ वर्षीय चिनियाँ नागरिक सिरेनु ओजीले बोकेको कालो झोलाभित्र लुकाएर राखिएको अवस्थामा रकम बरामद भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x