संघीयताका बिरोध गर्ने जनमोर्चाको कार्यक्रम यादवको सहभागीता अनुहार अध्यारो किन

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओलीको सरकारबाट बर्हिगमन र संसदको पुनस्र्थापनाको बिकल्प नरहेको बताउनुभएको छ ।
सोमबार राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको संसद बिघटन र प्रतिगमनको खतरा बिषयक अन्तक्र्रियामा यादवले मुलुकलाई लोकतान्त्रीक लिगमा ल्याउनसरकारबाट बर्हिगमन र संसदको पुनस्र्थापनाको बिकल्प नरहेको बताउनुभएको हो ।
उहाले अहिले मुलुकलाई प्रतिगमनको बाटोमा लैजान नदिन र संघियताको रक्षा गर्न एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
उहाले नेकपाभित्रको विवादकै कारण संसद बिघटन भएको र संविधान नै खतरामा परेको जिकिर गर्नुभयो । प्रधानमन्त्री जस्तो कार्यकारी व्यक्ति संविधान अनुसार चल्नुपर्नेमा राजनीतिक खेलबाट चलेको उहाले आरोप लगाउनुभयो । यादवले संविधानको रक्षा गर्दै यसमा नपुगेका बिषयहरुलाई थप गर्नुपर्ने धारणा राख्नुभयो ।
- राष्ट्रिय जनमोर्चाले बिगत देखि नै कहिले संघियताको बिरोध गर्ने त कहिले सघियाता र संबिधानको खतरा देखि बताई रहेको बेलामा बिभिन्न नेता कार्यकर्तालाई जम्मा गरी अन्र्तक्रिया गरेको छ । ं
-
माल्दिभ्सले पनि भारतको सेरम इस्टिच्युटमा बनाइएको कोभिशिल्ड खोप लगाउन अनुमति
त्यस्तै कांग्रेस नेता रमेश लेखकले जनताबाट दुईतिहाई मत ल्याएपनि नेकपाले मुलुकलाई स्थीरता दिन नसकेको बताउनुभयो । उहाले कम्युनिष्ट सरकारले नै संविधान भत्काउने काम गरेको तर्क गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले दुइतिहाईको दुरुपयोग भएको बताउनुभयो । दलहरु राष्ट्र र जनताका लागि नभएर पद र सत्ताका लागि लडेकाले अहिलेको अवस्था आएको उहाले बताउनुभयो ।
कार्यक्रममा सहभागी अन्य नेताहरुले संसद बिघटन संगै प्रतिगमनको खतरा रहेकाले यसका बिरुद्ध एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए ।
कम्यूनिष्ट मिलाउन कसरत गर्ने चीनबाट जम्मा ३ लाख कोरोना बिरुद्धको खोप दिने घोषणा


