२७ आश्विन २०८३, मंगलवार

बालबिबाह रोकथाम तथा नियन्त्रणका लागि सबैको सहकार्य र समन्वय हुनुपर्नेमा सरोकारवालहरुकोे जोड्

एसीपी संवाददाता

२ फाल्गुन २०७७, आईतवार ०९:२५ मा प्रकाशित

फातिमा फाउण्डेशन नेपालद्वारा शनिबार नेपालगन्जमा आयोजना गरिएको बालबिबाह न्यूनीकरण गर्नका लागि जनचेतनामूलक कार्यक्रममा सहभागीहरुले सो कुरामा जोड दिएका हुन । फातिमा फाउण्डेशनका अध्यक्ष मोहम्मदी सिद्दिकीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष सफिक बेहना रहनु भएको थियो । कार्यक्रममा बालबालिकाका क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधीहरु, बाल तथा युवा क्लब सञ्जालका प्रतिनिधीहरु, सरोकारवालाहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथि बेहनाले सचेतनाको अभावमा समाजमा बालबिबाहको समस्या बढ्दै गएको बताउनुभयो । यस समस्याको समाधानका लागि कसैको एक्लो प्रयास मात्र सम्भव नहुने भन्दै वडाध्यक्ष बेहनाले यसमा सबैको साथ र सहयोगको आवश्यक्ता पर्ने बताउनुभयो । सहभागीहरुलाई सहजकर्ता रबिन्द्र कर्णले बालबिबाहका बारेमा जानकारी दिदैं त्यसबाट उत्पन्न समस्या र समाधानका बिषयमा जानकारी गराउनु भएको थियो । उहाँले बालबिबाह न्युनीकरण गर्न अभिभावक, बालबालिकाहरु र समाजमा रहेका मानिसहरु सचेत हुन आवश्यक रहेको बताउनुभयो । सहजकर्ता कर्णले बालबिबाह बिरुद्ध बनेका कानुनहरुको पनि कडाईका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को सहयोगमा कार्यक्रम संचालन गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x