उपेन्द्रलाई मधेसमा अस्थिरता फैलाउनका लागि ९० करोड रुपैयाँ दिएको खुलासा
काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई चीनले ९० करोड रुपैयाँ दिएको खुलासा भएको छ । नेपाल
भारतीय च्यानल न्युज २४ ले चिनियाँ विदेश विभागका उपमन्त्रीले उपेन्द्रलाई मधेसमा अस्थिरता फैलाउनका लागि ९ करोड रुपैयाँ दिएको रिपोर्ट प्रसारण गरेको छ ।
मधेसमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मधेस विरोधी माहोल बनाउने, आन्दोलन चर्काउने र ओलीलाई जसरी हुन्छ ढाल्नका लागि यो रकम दिइएको बताइएको छ ।
त्यसैगरी मधेसमा मुस्लिम कार्ड खेल्नका लागि पनि उपेन्द्रले जिम्मेवारी पाएका छन् । पछिल्लो समय सामाजिक सञ्जाल र अनलाइन मिडियामा उपेन्द्र र बाबुरामको पक्षमा र महन्थ ठाकुर र प्रधानमन्त्री ओलीको विपक्षमा सूचनाहरु आइरहेका छन् ।
यो चीनले दिएको सामाजिक सञ्जाललाई प्रयोग गरेर प्रपोगाण्डा फैलाउने जिम्मेवारी अन्तर्गत नै भएको नेताहरुको भनाइ छ । अहिले सामाजिक सञ्जालमा महन्थ र ओलीलाई जोडेर मधेस मुद्दा सम्बोधन गर्न खोजे पनि त्यसलाई मधेसको विरोधी हुनेगरी सत्तासँग जोडेर प्रचार भइरहेको छ । यस्तोमा उपेन्द्रको नयाँ काण्ड बाहिर आएको हो ।
रिपोर्टमा आफूलाई मधेसको मसिहा ठान्ने उपेन्द्र यादवलाई यस जिम्मेवारीका लागि ९० करोड रुपैयाँ खर्च गर्नका आन्तरिक रुपमा लागि दिइएको उल्लेख छ ।
रिपोर्टमा मधेसका नागरिकले चीन पहिला आन्तरिक हस्ताक्षेप गर्दथ्यो। अहिले दबाब र प्रभाव दिएर मधेसमा एक मुस्लिम कार्ड र अर्को सामाजिक सञ्जालमार्फत हाम्रोमा अस्थिरता फैलाउन आएको टिप्पणी गरिरहेका छन् । अर्का नागरिकले चीनको नीति नै हो कि युज एण्ड थ्रो भएको र यसमा मधेसीको भोटबाट चुनाव जितेर गएका उपेन्द्रजस्ता केही नेता चाइनाको काखमा गएर बस्नु दुर्भाग्य भएको गुनासो गरेका छन् ।
नेपालमा आफ्नो दबदबा बढाउन र राजनीतिमा हस्तक्षेप कायम राख्न चीनले साम दाम र दण्डको नीति अपनाएको रिपोर्टमा उल्लेख छ ।नेपालपाना


