भ्रष्टाचारमा संलग्न चिनियाँ कम्पनी कालो सूचीमा
४ गते असोज २०७८ सोमबार । सुडानको राजधानी खार्चुममा रहेको चिनियाँ कम्पनी फू होङ कन्स्ट्रक्सन, रोड्स एन्ड ब्रिजेज इन्टरप्राइजेज विदेशमा भ्रष्टाचारमा संलग्न चिनियाँ कम्पनीहरूको सूचीमा परेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनियाँ दम्पति फू होङ र जी होङको स्वामित्वमा रहेको यो कम्पनीले सुडानमा राजनीतिक नेतृत्वसँग मिलेर करोडौँ अपचलन गरेको आरोप लागेको छ । कम्पनीलाई सरकारले कालो सूचीमा राखेको छ ।
कम्पनीले त्यहाँका सुरक्षा निकायहरू र अपदस्थ राष्ट्रपति उमर अल बसिर नेतृत्वको राजनीतिक नेतृत्वसँग काम गरेको थियो । संवेदनशील विभाग तथा स्थानका परियोजनाहरूमा यो कम्पनी संलग्न थियो । हायर एकेडेमी अफ स्ट्राटेजिक एन्ड सेक्युरिटी स्टडिजको भवन निर्माणमा यो कम्पनी संलग्न थियो । उक्त भवन जनरल इन्टेलिजेन्स सर्भिस (जिआइएस)का कर्मचारीलाई तालिम दिने प्रयोजनका लागि थियो ।
जो जनरल इन्टेलिजन्स सर्बिस (जिआइएस) के कैडर के लिए मुख्य प्रशिक्षण अकादमी के रूप में कार्य करता है, कैबिनेट हाल, फार्म का नवीनीकरण उमर अली बसिर के लिए घर, अब अपदस्थ उपराष्ट्रपति उस्मान अली ताहाका लागि ६० लाख अमेरिकी डलरमा घर निर्माणलगायतमा कम्पनी सामेल थियो ।
अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण विदेशी प्रतिस्पर्धी कम्पनीको उपस्थिति त्यहाँ भएन । यसका कारण चिनियाँ कम्पनी प्रवेश गरेको थियो । कम्पनीले परियोजनाहरूको लागत बढाएर लाखौँ डलर भ्रष्टाचार गरेको द हङकङ पोस्टले जनाएको छ । भ्रष्टाचार प्रकरणमा अपदस्थ राष्ट्रपति र उपराष्ट्रपति स्वयं संलग्न रहेको देखिएको छ ।
सुडानमा संक्रमणकालीन सरकारले ती परियोजनाहरूको छानबिन गरेको थियो । सरकारले कम्पनीमा छापा मारेर सुन, अमेरिकी डलर तथा करोडौँ स्थानीय मुद्रा बरामद गरेको छ । यो घटना त्यहाँको जनरल इन्टेलिजेन्स सर्भिसको जानकारीमा आएपछि अनुसन्धान सुरु भएको थियो । सरकारले छानबिन समिति गठन गरेरै अनुसन्धान थालेको थियो । त्यहीबीचमा चिनियाँ कम्पनीले बैंकबाट पैसा निकालेको थियो । एउटा परियोजनामा मात्रै २० लाखभन्दा बढी अमेरिकी डलर भ्रष्टाचार भएको समितिले पुष्टि गरेको छ ।


