२९ आश्विन २०८३, बिहीबार

मुख्यमन्त्री राउत पाकिस्तानका प्रधानमन्त्री इमरानको दुत र आइएसआईको एजेन्ट भएको आरोप

एसीपी संवाददाता

१० आश्विन २०७८, आईतवार ०६:२६ मा प्रकाशित

१० गते असोज २०७८ आइतबार । राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध विरोध प्रदर्शन गरेको छ । मदरसा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको पुत्ला दहन गर्दै विरोध गरेको हो ।

प्रदर्शनकारीहरूले ‘मदरसा विद्येयक खारेज गर, प्रदेश २ लाई ता लिवान बनाउन पाइदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर’ लगायतका नारा लगाएका थिए । वीरगन्जको माइस्थान मन्दिर अगाडिबाट निकालिएको विरोध जुलुस वीरगन्ज नगर परिक्रमा गरी घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।सभालाई सम्बोधन गर्दै अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको इसारामा मदरसा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई ता लि वा न बनाउन खोजेको आरोप लगाए । ‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दुत भएर आइएसआईको एजेन्टको रुपमा मुख्यमन्त्री राउतले काम गर्दै आएका छन् ।’

उनले मुख्यमन्त्रि रावतलाई प्रश्न गरे,‘नेपालमा सामुदायिक विद्यालय छन्, विद्यालयहरुमा जात सोधेर शिक्षा प्रदान गरिदैँन, शिक्षामा कुनै प्रकारको विभेद छैन तर पनि मदरसा शिक्षा विद्येयक ल्याउनुको अर्थ के हो ?’नेपाललाई इस्लामिकरणतर्फ धकेल्ने योजनाअनुरुप यो विद्येयक ल्याइएको उनको ठम्याइ छ । तत्काल यो विद्येयक खारेज नगरे प्रदेश २ मा मुख्यमन्त्रीविरुद्ध आन्दोलनको आँ धी बे हे री ल्याउने र मुख्यमन्त्रीलाई उ खा डे र फा ल्ने चे ता व नी समेत उनले दिए ।

‘मुख्यमन्त्रीले इस्लामिकरण गर्नकै लागि प्रदेश २ मा मदरसा, मस्जिद थप विस्तार गर्न १८ करोड भन्दा बढी रकम खर्च गरी सकेका छन् । तर यहाँ रहेका हिन्दुहरुको मठ मन्दिरमा ३ करोड रुपैया मात्र खर्च गरिएको छ ।’ अध्यक्ष यादवले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x