२९ आश्विन २०८३, बिहीबार

उपेन्द्र यादव विरुद्ध प्रदर्शन पछि आयो ठुलै नेताको राजीनामा

एसीपी संवाददाता

६ कार्तिक २०७८, शनिबार ०१:१८ मा प्रकाशित

६ गते कार्तिक २०७८ । जनता समाजवादी पार्टीका एकजना प्रभावशाली नेताले पार्टी परित्याग गर्ने भएका छन् ।

पार्टीमा ठूलो आर्थिक सहयोगसमेत गर्दै आएका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जसपा छोड्ने निर्णय गरेका हुन् ।

पार्टीको पर्सा जिल्लास्तरीय विस्तारित बैठकमा उनले आफूमाथि अध्यक्ष उपेन्द्र यादवले धोका र अपमान गरेकाले जसपा छाड्न लागेको जानकारी गराए । सरावगीले आफूलाई पैसा चाहिँदा मात्र पार्टी बैठकमा बोलाउने गरेको र अवसर दिँदा अरुलाई दिने गरेको भन्दै जसपा अध्यक्ष यादवको व्यक्तिवादविरुद्ध उत्रिन आह्वानसमेत गरेका छन् ।

त्यसो त वीरगंज अहिले उपेन्द्रविरुद्ध रुष्ट छ । वीरगंजबाट मन्त्री नबनाइएपछि पर्साबाट निर्वाचित सांसद प्रदीप यादव पक्षले वीरगञ्जमा उपेन्द्रको पुत्लासमेत जलाएका थिए ।

प्रदीप यादवले फेसबुकबाट खुला असन्तुष्टिसमेत जनाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x