१२ आश्विन २०८३, सोमबार

एक्कासी किन निष्किए काशीको सडकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, मोदीमय भयो वाराणसी

एसीपी संवाददाता

३ पुष २०७८, शनिबार ०६:३२ मा प्रकाशित

०३ गते पौष २०७८  ।   प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार अबेर राति आफ्नो संसदीय क्षेत्रमा पैदल हिडेर विकास कार्यहरू र शहरमा भएका परिवर्तनका अबलोकन गरेका छ्न ।

दिनभरि नै काशी विश्वनाथ धाम लोकार्पण समारोह, गंगामा नौका विहार आदि कार्यक्रमहरूमा भाग लिएपछि अबेर राति प्रधानमन्त्री मोदी प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका साथमा रवीन्द्रपुरी कलोनी हुॅंदै गोदौलियासम्म पैदल हिडेका थिए ।

सड़कहरूमा प्रधानमन्त्रीलाई पैदल हिडेको देखेर नागरिकहरू आश्चर्यचकित देखिए। उनीहरूले हर हर महादेवको उद्घोषका साथ उनको भव्य स्वागत गरे। जिल्ला प्रशासनका अधिकारीहरू पछाड़ी पछाड़ी हिडिरहेका थिए। प्रधानमन्त्री जब ड़ेढ़सीपुल छेउ पुगे, उनले अचानक वाराणसी परिषेत्रका आयुक्त दीपक अग्रवाललाई बोलाए।

विकास कार्यहरूको जानकारी लिॅंदै प्रधानमन्त्रीले गोदौलियामा गंगाको जलस्तर कहॉंसम्म आइपुग्छ भनेर सोधपुछ गरे। आयुक्तले विस्तारपूर्वक अनि लगभग 20 मिनटसम्म बिबरण दिए। यस अवधि प्रधानमन्त्रीले गम्भीरतापूर्वक उनको कुरा सुनिरहे। यसै बीच एक दम्पतिलाई आफ्नो नानीसित देखेपछि प्रधानमन्त्री प्रोटोकल तोड़ेर उनीहरूकहॉं पुगे।

प्रधानमन्त्रीले दम्पतिको हाल खबरबारे जानकारी लिए। यति राति घुम्दा डर लाग्दैन भनी मोदीले प्रश्न पनि गरे। राजस्थानबाट आएका दम्पतिले लाग्दैन भनी जवाफ दिए। प्रधानमन्त्रीले उनीहरूसॅंग केही समय कुराकानी गरे। त्यसपछि, उनी काशी पुराधिपतिको दरबारमा दर्शन पूजा गर्न पुगे। लगभग 20 मिनट पूजा गरेपछि उनले बाबा दरबारको लाइटिङ आदि अवलोकन गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x