तालिवानका बालबालिका जोगाउन भारत सरकारद्वारा औषधि सहयोग
०७ गते पौष २०७८ – नयाँ दिल्ली । अफगानिस्तनमा अगस्त १५ मा अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँको अवस्था निकै दयनीय बनेको छ। महिला तथा बालबालिकाहरु सबैभन्दा पीडामा परेका छन्।
एकतातिर भोकमरी बढ्दै गएको छ भने अर्कोतर्फ अत्यावश्यक औषधिको चरम अभाव सिर्जना भएको छ। भारतले सरकारले त्यहाँका बालबालिकालाई जोगाउनका लागि औषधि पठाएको छ। भारत सरकारले शनिबार अफगानिस्तानका बालबालिकाहरुले सामना गरिरहेको चुनौतिपूर्ण अवस्थालाई ध्यानमा राख्दै औषधि पठाएको जनाएको छ।
भारतको विदेश मन्त्रालयका अनुसार भारतले चार्टड फ्लाइटमार्फत नयाँ दिल्लीबाट काबुलका लागि १.६ मेट्रिक टन औषधि पठाएको हो। उक्त औषधि त्यहाँको तालिबानी सरकारभन्दा पनि काबुलस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिने जनाइएको छ।
काबुलमा सन् १९७२ मा स्थापना गरिएको इन्दिरा गान्धी अस्पतालका लागि पनि उक्त औषधि उपलब्ध गराइने जनाइएको छ। भारत सरकारले अफागनिस्तान कब्जा गरेको तालिबान शासनलाई भने हालसम्म मान्यता दिएको छैन। तालिबानले सेप्टेम्बर ७ मा अन्तरिक सरकार गठन गरेको थियो।
पाकिस्तान र चीनले भने तालिबानको सरकारलाई समर्थन गरिसकेका छन्। तर, विश्वका अन्य सरकारहरुले भने आतंकवादीहरु, जो राष्ट्रसंघ र अमेरिकाको बन्द सूचीमा परेका व्यक्तिहरु सम्मिलित सरकारलाई समर्थन गर्न नसकिने भन्दै तालिबान सरकारका गतिविधिहरु नियालीरहेका छन्।


