१२ आश्विन २०८३, सोमबार

कोभिड चीन: कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि शीआन सहरमा लकडाउन

एसीपी संवाददाता

८ पुष २०७८, बिहीबार १४:२९ मा प्रकाशित

कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनको शीयान सहरमा एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न अधिकारीहरूले निर्देशन दिएका छन्।

०८ गते पौष २०७८ ।  डिसेम्बर ९ देखि त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन लगाएको हो।

बुधवार घोषणा गरिएको प्रतिबन्धात्मक व्यवस्थामा प्रत्येक घरबाट एक जनाले दुई दिन बिराएर आवश्यक सामग्री किन्न घरबाहिर जान पाउँछन्।

चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ। महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ।

आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिक्स आयोजना गर्न लागेकाले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ।

शीयानवासीहरू विशेष परिस्थतिमामा बाहेक तथा अधिकारीहरूबाट अनुमति नलिई सहरबाट अन्यत्र जान पाउनेछैनन्।

स्थानीय समयानुसार मध्यरातदेखि यो व्यवस्था कार्यान्वयनमा आएको हो।

यो प्रतिबन्धात्मक व्यवस्था कहिलेसम्म कायम रहन्छ भन्ने खुलाइएको छैन।

चीन कोभिड क्वारन्टीन

तस्बिर स्रोत,REUTERS

शीयान अवस्थित शान्शी प्रान्तमा लाखौँ मानिसको परीक्षण गरिएको छ।

लामो दूरीका बस स्टेशनहरू बन्द भइसकेका छन् तथा सहरतर्फ जाने मार्गमा जाँचचौकी बनाइएको छ।

शीयान विमानस्थलबाट हुने धेरै उडानहरू स्थगित भएका छन्।

अत्यावश्यकबाहेकका व्यापारव्यवसायहरू बन्द भएका छन् भने सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ।

 

राज्यद्वारा सञ्चालित ग्लोबल टाइम्स पत्रिकाका अनुसार गत सप्ताहान्त नै अधिकारीहरूले मदिरालय, व्यायामशाला र चलचित्रघर बन्द गर्न लगाएका थिए।

सरकारी पक्षका अनुसार अहिले त्यहाँ कोरोनाभाइरसको डेल्टा भेरिअन्ट फैलिएको हो।

तर ओमिक्रोनको विषयमा केही उल्लेख गरिएको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ,कोरोना भाइरस भेरिअन्टः भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ?

सरकारी सञ्चारमाध्यमले यो साता शीयानमा दोहोरो प्रकोप फैलिएको जनाएका छन्।

त्यहाँ कोभिडबाहेक रक्तस्राव हुने ज्वरो फैलिएको विवरणहरू आएका छन्।

उक्त ज्वरोको स्थानीय रूपमा बेलाबेलामा देखा पर्ने रोग हो। त्यसको मृत्युदर उच्च छ।

यद्यपि त्यसलाई उत्तरी चीनमा फैलिने मौमसी रोग मानिएको छ र त्यो ग्रामीण क्षेत्रमा बढी देखिएको छ। बिबिसी न्युज बाट साभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x