१३ मंसिर २०८३, शनिबार

शेरबहादुर देउवालाई आफ्नो गृहनगर गुजरातमा स्वागत गर्ने तयारी भारतका प्रधानमन्त्री मोदी

एसीपी संवाददाता

१० पुष २०७८, शनिबार १८:०४ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी शेरबहादुर देउवालाई आफ्नो गृहनगर गुजरातमा स्वागत गर्ने तयारी गरेका छन् ।

भारतले आयोजना गर्न लागेको भाइब्रेन्ट ग्लोबल गुजरात समिटमा सहभागिताका लागि मोदीले प्रधानमन्त्री देउवालाई निमन्त्रणा पठाएका हुन् ।

परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावासले भ्रमणको तयारी थालेका छन् । प्रधानमन्त्री देउवा २५ पुसमा भारत भ्रमणमा जाने गरी तयारी थालिएको हो ।

देउवा प्रधानमन्त्री भएपछि यो पहिलो भारत भ्रमण हुनेछ, साथै पहिलो वैदेशिक स्टेट भिजिट हुनेछ । यसअघि देउवाले स्कटल्याण्डको गलास्गोमा मोदीसँग साइडलाइन वार्ता गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x