भारतमा कोभिड–१९ विरुद्धको चक्की औषधि बनाउने काम जारी
१३ गते पौष २०७८ । भारतको चर्चित डा रेड्डीज ल्याबरेटोरिजले कोभिड–१९ विरुद्धको चक्की औषधि बनाउने भएको छ। अमेरिकी कम्पनी मर्क एण्डले विकास गरेको औषधिको भारतमा रेड्डी ल्याबरेटोरिजले उत्पादन गर्न अनुमति प्राप्त गरेको सोमबार जानकारी दिएको हो ।
कम्पनीले फाइजरले विकास गरेको कोभिड–१९ औषधि निर्माणको लागि पनि संवादको बाटो खुला राखिएको बताएको छ। फाइजरले विकास गरेको औषधि थप प्रभावकारी रहेको बताइएको छ।
कोभिड–१९ को औषधि कोरोना संक्रमण भएपछि खानुपर्छ। यो औषधिले ठूलो बजार लिन सक्ने अपेक्षा गरिएको छ। मर्क कम्पनीले विश्वव्यापीरूपमा यो खोपको विकासको लागि विकासशील मुलुकका कम्पनीलाई यसको अनुमति प्रदान गरिरहेको छ।
फाइजरले पनि आगामी दिनमा सोही पाइला पछ्याउने अपेक्षा छ। रेड्डीज ल्याबरेटोरिजका सहअध्यक्ष तथा प्रबन्ध निर्देशक जीभी प्रसादले आफूहरुले फाइजरसँगको वार्ताको सम्भावना पनि खुला राखेको बताएका छन्। यद्यपि कम्पनीले अहिलेसम्म फाइजरसँग यस विषयमा वार्ता भने सुरु गरेको छैन।


