१३ मंसिर २०८३, शनिबार

दमक क्लिन पार्क मुआब्जा वितरणमा समस्या , समाधान गर्न मुख्यमन्त्री राईलाई ज्ञापनपत्र

एसीपी संवाददाता

१७ पुष २०७८, शनिबार १३:३९ मा प्रकाशित

विराटनगरः झापा निर्वाचन क्षेत्र नम्बर ५ को दमक नगरपालिकाको वार्ड नं १०, कमल गाउँपालिकाको वार्ड नं ७ र गौरादह नगरपालिकाको वार्ड नं ५ को लगभग २२०० बिघामा चौडाइ १ किमी र लम्बाई ९ किमीको क्षेत्रफलमा चीन सरकारको वान बेल्ट वान रोड परियोजना अन्तर्गत निर्माण गरिने दमक औद्योगिक क्लिन पार्कमा मुआब्जाको विषयमा विवाद उत्पन्न भएको छ ।

सोही विवादका विषयमा दमक क्लिन पार्क सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्र भट्टराई सहतिको टोलीले प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाइएका छन् ।

ज्ञापन पत्र बुझाउन गएका सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्र भट्टराई सहितको टोलीले मुख्यमन्त्री राईलाई भेटी पार्कबारे सम्पूर्ण कुरा अवगत गराएका थिए ।

चीन सरकारको आर्थिक लगानीमा निर्माण गरिने दमक औद्योगिक ग्रीन पार्कको जग्गाको मुआब्जा वितरण गर्न गठित मूल्याङ्कन समितिले गरेको जग्गाको दर रेटमा पुनर्विचार र पुर्नमूल्यांकन हुनुपर्छ भनी समिति आन्दोलित बनेका छन् ।

१७ बुदें माग सहित बुझाईएको ज्ञापनपत्रमा २०७६ सालको माघ १० गते भएको मुआब्जा निर्धारण सतितिले गरेको निणर््य अनुसार हुनुपर्ने , औधोगीक पार्कको निर्धारण क्षेत्रभित्र पुस्तौं देखि बसोबास गर्दै आएका र आपैmले जोत भोग र  भोग चलन गर्दे आएको र गत ुर्पत् नापिबाट नाप नक्सा समेत भएको जग्गा साथै आयोगबाट फिल्ड बुक कायम भएका जग्गाहरुको नम्बरी सो सरह मुआब्जा निर्धारण गरी व्यवस्थित बसोबास तथा सो स्थानमा बसोबासि गरेका सुकुम्बासीहरुको उचित व्यवस्थापन गर्नुपर्ने, औधोगिक क्षेत्रबाट प्रभावित जनतालाई रोजगार,तालिम,शिक्षा , स्वास्थ्य,मनोरञ्जन,खेलकुदको सुनिश्चितता प्रदान गर्नुपर्ने , औधोगिक क्षेत्रको अनुगमन,निरिक्षण र व्यवस्थापन समिति सर्वदलिय गठन हुनुपर्ने लगायतका माग अघि सारेका छन् ।

मुआब्जा वितरण गर्नुभन्दा अगाडी ग्रीन पार्क निर्माण गरिने जग्गाको मूल्याङ्कनमा परिवर्तन गर्नु पर्ने भनी सङ्घर्ष समितिले दमक नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा,लागानी बोर्डको कार्यालय,मालपोत कार्यालय दमक,नापी कार्यालय दमक,औद्योगिक व्यवस्थापन कार्यालय दमक र वार्ड नंबर १० को वार्ड कार्यालयलाई समेत ज्ञापन पत्र बुझाएको थियो ।

पार्क निर्माण गर्न करिव १० वर्ष लाग्ने र निर्माण सकिएछि उक्त ग्रीन पार्कलाई चीन सरकारले ४० वर्ष सम्म आफैले प्रयोजन गरी त्यस पछि मात्र नेपाललाई हस्तान्तरण गर्ने भनी सम्झौतामा उल्लेख गरिएको छ । उक्त पार्क निर्माण गर्न प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी बोर्डले ६४ अर्बको लगानी धेरै अगाडिनै स्वीकृत गरिसकेको छ ।

औद्योगिक क्षेत्र स्थापना गर्नको लागी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा सो क्षेत्र भित्रका सबै जग्गा आईसक्नु पर्ने हुन्छ ।

दमक औद्योगिक क्लिन पार्क निर्माण गरिने भनिएको स्थान दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा रहेको सो क्षेत्रमा घना बस्ती र उर्वर भूमि रहेकाले जग्गाको मूल्य निर्धारण गर्न गठित मुआब्जा निर्धारण समितिले गरेको मुआब्जा दर रेटमा बिबाद हालसम्म सुल्झन सकेको छैन् ।
झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी संयोजक रहने , नापी कार्यालय दमक र दमक मालपोतको अधिकारी सदस्य रहने दर रेट निर्धारण समितिले निर्धारण गरेको दर रेटमा स्थानीयले विमति जनाएका छन् ।

ग्रीन पार्क बन्ने भनिएको स्थलको बीचमा रतुवा नदी पर्ने र सोही नदीले दमक,गौरादह र कमल गाउँपालिकालाई सीमाङ्कन गर्ने गर्छ । रतुवा नदीको पूर्वमा पर्ने गौरादह नगरपालिका र कमल गाउँपालिकामा र पश्चिममा पर्ने दमक नगरपालिकामा छुट्टाछुट्टै मुआब्जा वितरण सङ्घर्ष समिति गठन भएको छ ।

मुआब्जा समितिले गरेको दररेट अनुसार जग्गालाई ३ श्रेणीमा विभाजन गरेको छ । पहिलो श्रेणीमा खेतीयोग्य जमीन जसको मूल्याङ्कन प्रति बिगाहा २२ लाख रुपैयाँ, दोस्रो श्रेणीमा काँसघारीको जग्गा जसको दर प्रति बिगाहा ८ लाख रुपैयाँ र तेस्रो श्रेणीमा खोला बगरको जग्गा जसको प्रतिबिगाहा २ लाख रुपैयाँ दर कायम गरिएको छ जबकि अहिले नै सरकारी मूल्याङ्कनमा काँसघारीको जग्गाको दर प्रति बिघा रु ७ लाख कायम छ । यसैगरि अन्य जग्गाको पनि सरकारी मूल्याङ्कन मुआब्जा वितरण समितिले गरेको मूल्याङ्कन भन्दा धेरै बढी छ ।

मुआब्जा निर्धारण समितिको २०७६÷१०÷१७ को निर्णय अनुसार कमल गाउँपालिका र गौरादह नगरपालिका तर्फको जग्गाको श्रेणी क, ख,ग र घ गरी ४ श्रेणीमा वर्गीकरण गरी क्रमशः रु ४५ लाख, रु ३९ लाख, रु ९ लाख ८० हजार र रु २ लाख कायम गरिएको छ भने दमक नगरपालिकातर्फ भने श्रेणी नै नराखि हचुवाको भरमा सिधै मूल्याङ्कन मात्र राखिएको छ । दमक तर्फको जग्गाको दर प्रति बिगाहा क्रमशः २८ लाख,९ लाख ८० हजार र २ लाख कायम गरिएको छ जुन मूल्याङ्कन सरकारी मूल्याङ्कन भन्दा र हालसालको किनबेचको मूल्याङ्कन भन्दा धेरै कमी छ ।

दमक नगरपालिकाको सम्पत्ति कर जुन नेपाल सरकारले तोकेको न्युनतम रजिस्ट्रेसन मूल्याङ्कन ८,४०,००० र भएकोमा मुआब्जा वितरण समितिले तोकेको मूल्य प्रतिविगाहा २ लाख मात्र छ जुन नेपालको कानुन प्रतिकूल हुन आउँछ । नगरपालिकाले सोही जग्गाको कर असुली गर्दा प्रति बिगाहा ८,४०,००० को दरले जनताबाट कर असुली गर्नु र मुआब्जाको दर निर्धारण गर्दा भने सोही जग्गाको प्रति बिघा रु २ लाख मात्र मूल्याङ्कन गर्नु नै ग्रीन पार्क निर्माण समिति ,मुआब्जा निर्धारण समिति र दमक नगरपालिकाको जनताप्रतिको बास्तविक जिम्मेवारी प्रष्ट हुन्छ ।

मूल्याङ्कनमा परिवर्तन नगरे कुनैपनि हालतमा आफ्नो निजी भोग चलनको जग्गा पार्कलाई नदिने सङ्घर्ष समितिको निचोड छ भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेले जसरी भए पनि जग्गा क्लिन पार्कको नाममा ल्याएर क्लिन पार्क बनाएरै छाडने प्रतिबद्धता जनाउदै आएको छ । क्लिन पार्क जस्तै विवादलाई पनि न्यायसंगत क्लिन गर्न तर्फ सम्बद्ध पक्षको ध्यान जानुपर्छ । विकासका लागि विरोध होइन तर विकासको नाममा गरिव जनतालाई उठिबाँस गराउन भने विकास होइन् । प्रस्तावित करिडोर क्षेत्रमा बर्षोदेखि बसोबास गरिआएका जनताले उठाएका मागहरु सम्बोधन गर्न ढिलाई गर्नु हुदैन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x