१३ मंसिर २०८३, शनिबार

चीनले बनायो नक्क्ली एलन मस्क

एसीपी संवाददाता

२० पुष २०७८, मंगलवार ०५:०३ मा प्रकाशित

बेईजिङ । हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । यस भाइरल भिडियोमा टेस्लाका संस्थापक एलोन मस्कको जस्तो चिनियाँ लुकको एक मानिस देखिन्छन।

धेरैले यो भिडियोको बास्तबिकता लिएर प्रश्न उठाइरहेका छन् भने धेरैले यसलाई मौलिक नै भनेका छन् । हालै आएर एलोन मस्क स्वयमले पनि सो भिडियोमा प्रतिक्रिया दिएका छन्।

उनले भिडियोको जवाफमा आफू अलि अलि चिनियाँ हुनसक्ने ट्वीट गरेका छन् । यो भिडियो पहिलो पटक चिनियाँ टिकटक संस्करण Douyin मा पोस्ट गरिएको थियो। यसले कालो कारको छेउमा मस्क जस्तो देखिने चिनियाँ व्यक्तिलाई देखाएको छ।

मानिसहरूले सो व्यक्तिलाई यी लङ मस्क भन्न थालेका छ्न। सो भिडियो ट्विटर र अन्य सामाजिक सञ्जालमा पनि भाइरल हुन थालेको छ । यस भिडियोमा टेस्लाका सीईओले उनी पनि थोरै चिनियाँ जस्तो हुनसक्ने प्रतिक्रिया दिएका छ्न।

सो भिडियोको बारेमा एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, “चीनको सबै चीजको आफ्नै संस्करण छ”। धेरै प्रयोगकर्ताहरूले भिडियोलाई डीपफेक भनेका छ्न। एक व्यक्तिले त यसलाई अहिलेसम्मकै उत्कृष्ट डीपफेक भिडियो भनेका छ्न। डीपफेक एक टेक्नोलोजी हो जसबाट प्रयोगकर्ताको सम्पादन गरिएको भिडियो AI प्रयोग गरेर बनाउन सकिन्छ। यो यति सावधानीपूर्वक गरिन्छ कि भिडियोमा देखिने व्यक्ति वास्तविक व्यक्ति जस्तै देखिन्छ।

यसकारण डीपफेक र असली भिडियोहरूको पहिचान गर्न गाह्रो हुन्छ। चिनियाँ प्रकाशन ग्लोबल टाइम्सले पनि यसबारे भनेको छ कि यी चिनियाँ व्यक्तिको भिडियो एआई टेक्नोलोजी प्रयोग गरेर बनाइएको हुनुपर्छ, जसका कारण उनी मस्क जस्तो देखिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x