हिमाली राष्ट्रमा चीनको विस्तारवादी योजनाबारे काठमाडौं मौन किन ?
दरगाहे आला हजरत र सुन्नी उल्मा, विद्वान, लेखक तथा मुफ्तीहरु बीच भेटघाट भएको छ । भारतको बरैली शहरमा रहेको दरगाहे आला हजरतद्वारा आयोजना गरिएको भेटघाट कार्यक्रममा उल्मा सहित लेखक विद्वानहरुको उपस्तिथि भएको हो । दरगाह-ए आला हजरत वर्तमानमा सूफी बिचारधाराको प्रमुख केन्द्र हो ।
सूफी बिचारधाराबाट जुडेको नेपाली सुन्नी मुस्लिमहरु बीच अझै निकटता बढाउन उल्माहरु बीच भेटघाट भएको दरगाहका प्रवक्ता नाशीर कुरैशीले बताउनु भयो । नेपाली सुन्नी मुस्लिम समुदायले दरगाह-ए आला हजरतका सूफी हजरत मौलाना मुफ्ती मोहम्मद अहमद रजा खानलाई आफ्नो ठुलो धर्मगुरु मान्दै आएको छन् । दरगाह र नेपाली सुन्नी मुस्लिम समुदायबीच अझै निकट बनाउन नेपाली उल्मा र दरगाहका प्रतिनिधिहरु बीच भेटघाट गरिएको बताइएको छ । लामो समय देखी नेपाली सुन्नी मुस्लिमको दरगाहबाट आस्था रहेपनि बिगत २ वर्ष देखि दरगाहले नेपाली सुन्नी समुदायको स्थिति बारे जानकारी जुटाउने र सहयोग गर्ने क्रियाकलाप अगाडि बढाएको छ ।
यस अगाडि नेपालबाट लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उल्माहरुले भेटघाट गरेको थिए भने यसपटक प्रदेश नम्बर १ र २ का उल्मा विद्वान र लेखकहरु बरैली पुगेको कुरैशीले बताए । २ जनवरीमा दरगाह पुगेको उल्मा, लेखक, र विद्वानहरुको दलले नेपाली सुन्नी मुस्लिम समुदायको आर्थिक सामाजिक दीनी विकास गर्ने विषयमा छलफल गरेको छन् । उल्माहरुले बताए कि सूफी बिचारधाराले समाजमा बालश्रम , बालविवाह , लैङ्गकि हिंसा , मदिरा सेवन , छुवाछूत प्रथा लगायतको सामाजिक अपराध तथा विकृतिहरुलाई समाधान गर्न निकै ठूलो भुमिका खेल्छ ।
त्यस्तै नेपाली उल्मा मौलाना व मुफ्ती फुल मोहम्मदले बताए कि नेपाली सुन्नी मुस्लिम समुदायले शैक्षिक दीनी लगायतको विषयमा पाएको ज्ञान र फैज बरैलीको आला हजरतको देन हो । उहाँले बताउनु भयो कि यस भेटघाटमा नेपाली सुन्नी मुस्लिम समुदाय र दरगाह बीच रहेको नातालाई बलियो बनाउने विषयमा छलफल भएको छ ।


