१३ मंसिर २०८३, शनिबार

दलित मुक्ति जागरण अभियान नेपालले पुस २५ गते घोराहीमा कार्यक्रम गर्ने

एसीपी संवाददाता

२१ पुष २०७८, बुधबार ०५:२३ मा प्रकाशित

दाङ – राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले यहि पुस २५ गते दाङको घोराहीमा बिशाल कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रमलाई सफल बनाउनका लागि अभियानले दाङका सबै स्थानीय तहमा पुगेर दलित समुदायका अगुवाहरुसंग भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ ।

यसैबीच मंगलबार अभियानको टोलीले दाङको तुल्सिपुर, घोराही, नारायणपुर, लमही क्षेत्रमा रहेका दलित अगुवा तथा नेताहरुसंग भेटघाट गरेको हो।

सचेत होऔं,संगठित होऔं र संघर्ष गरौं भन्ने मुल नारा लिएर पुर्व देखि पश्चिम नेपाल सम्म यो अभियानले विभिन्न आन्दोलनका कार्यक्रम गरि सकेको छ ।

नेपालमा दलित समुदायमा गैरदलित बाट हुने विभेदका विरुद्ध दलित मुक्ती जागरण अभियान थालेको दाङ जिल्ला संयोजक केशब नेपालीले जानकारी दिए ।

“हाम्रो यो अभियानले हाम्रो समुदायमा हुने विभेद केही हद सम्म कम बनाउने छ भन्ने हामीले बिश्वास लिएको छौं”- संयोजक नेपालीले भने ।

त्यस्तै राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल सुदिरपश्चिमका संयोजक खगेन्द्र सुनारले दलित समुदायको हक अधिकार स्थापित गर्न अब सडक आन्दोलन गर्नु पर्ने बताए ।

सुनार केही महिना यता मागेर मुक्ती संभव छैन भन्दै नेपालका विभिन्न जिल्लामा पुगेर आन्दोलन गर्दै आएका छन ।

सो अवशरमा दलित नेता तारा प्रसाद नेपाली, श्यामु सुनार, बम बहादुर विश्वकर्मा, प्रवल रसाइली, तेज बहादुर नेपाली, सुनमाली सुनार, माया नेपाली, ठगेन्द्र नेपाली, लगायतको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x