१३ मंसिर २०८३, शनिबार

बाचा गरेका शक्ति बस्नेतलाई प्रचण्डले बनाउलान् महासचिव ?

एसीपी संवाददाता

२१ पुष २०७८, बुधबार १०:२९ मा प्रकाशित

माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबारदेखि सकिएको छ । दुई सय ३६ केन्द्रीय कार्यसमितिको छनोट गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको महाधिवेशन सम्पन्न गरेका हुन् ।

प्रचण्डले मनोनीत गरेका दुई सय ३६ केन्द्रीय सदस्यले अब पार्टीको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराउँछन् र विजयी भएको प्रमाणपत्र पाउँछन् । नवनिर्वाचित दुई सय ३६ केन्द्रीय सदस्यबाटै १५ सदस्यीय पदाधिकारी चयन हुनेछन् ।

अहिलेसम्म माओवादी केन्द्रमा अध्यक्षसहितका पदाधिकारी चयन भएका छैनन् । आज बस्ने केन्द्रीय कार्यसमितिले चयन गर्ने भनिएको छ । तर, अध्यक्षपछिको कार्यकारी पद महासचिव को बन्ला भन्ने चासो अहिले माओवादीमा देखिएको छ ।

अध्यक्ष प्रचण्ड नै हुने घामजत्तिकै छर्लंग छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प छैन । महासचिवमा भने वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र शत्तिः बस्नेतको चर्चा छ । पुन, शर्मा र भुसालको सुरुदेखि नै चर्चा भइरहेको हो ।

तर, बस्नेतको भने आइतबारदेखि मात्र चर्चा सुरु भएको छ । माओवादी शक्तिमा आएपछि बस्नेतले सधैं ‘तर’ मारिरहेका छन् । आफू मन्त्री बन्न नसके श्रीमती सत्या पहाडी, श्रीमती नभए बस्नेत आफैं मन्त्री बन्दै आएका छन् ।

०७३ सालमा केपी ओली प्रधानमन्त्री हुँदा बस्नेत पनि मन्त्री थिए । त्यसबेला बस्नेत ओलीसँग निकै नजिकिएका थिए । कतिपय प्रचण्डको निर्देशनसमेत बस्नेतले पालना नगर्ने गरेको माओवादीहरू नै बताउँछन् ।

एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेपछि बस्नेतको ओलीसँग सम्बन्ध निकै प्रगाढ थियो । उनी अन्तिम समयसम्म पनि ओलीकै साथमा थिए । तर, पछि उनी प्रचण्डसँगै रहे ।

अहिले प्रचण्डलाई झन्डै धोका दिएका बस्नेतको महासचिवमा चर्चा सुनेर माओवादीका नेता कार्यकर्ता चिन्तामा परेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x