१३ मंसिर २०८३, शनिबार

चिनियाँ राजदूतले भेटिन झलनाथ खनाल, एमसीसीको विरुद्धमा रिपोर्ट बनाउन दबाब

एसीपी संवाददाता

२१ पुष २०७८, बुधबार १६:३३ मा प्रकाशित

काठमाडौं । नेपालका लागि चीनका राजदूत होउ यान्छीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग भेट गरेकी छन् ।

चिनियाँ सुन्दरी राजदूत यान्छीले बुधबार विहान काठमाडौं महानगरपालिका १५ डल्लुस्थित खनालको निवास पुगेर भेट गरेकी हुन् । खनाल अहिले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको अध्ययन गर्न सत्ता गठबन्धनले बनाएको समितिको संयोजक छन् ।

नेकपा हुँदा पनि उनी नै एमसीसी अध्ययन गर्ने संयोजक थिए । त्यतिखेर उनको समितिले परिमार्जन गर्नुपर्ने सुझाव दिएका थिए । अहिले पनि गठबन्धनमा कम्युनिस्टहरुले एमसीसीमा प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हित रहेको अनुदान कसरी राष्ट्रघाती, के के समस्या छ देखाउ भनेर समिति बनाएका छन् । सो समितिका संयोजक खनालले अध्ययन गरिरहेका बेला चिनियाँ सुन्दरी डल्लु पुगेकी हुन् ।

भेटमा यान्छीले एमसीसी विरुद्ध प्रतिवेदन बनाउन दबाब दिएको निकट स्रोतले जनाएको छ । नेपालमा आफ्नो प्रभुत्व बढाउन चीनले अमेरिकी अनुदान सम्झौता एमसीसी रोक्न लागिरहेको छ । यसक्रममा एमसीसी राष्ट्रघाती भनेर प्रचार गराउन राजनीतिमा प्रभाव राख्ने ठूला नेतालाई नै उचालिरहेको छ ।

यही बेला एमसीसी अध्ययन गर्ने सत्ता गठबन्धनका संयोजक खनाललाई भेटेर राजदूत यान्छीले राष्ट्रघाती देखाउन आग्रह गरेकी हुन् । यसबाट चीन खुलेरै एमसीसी रोक्न मैदानमा उत्रिएको थप प्रस्ट भएको छ ।

राष्ट्रघाती भनेर सडक र विद्युत पूर्वाधारमा कायापलट ल्याउने मानिएको एमसीसी सम्झौता फर्काउने खेल भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x