१३ मंसिर २०८३, शनिबार

सिन्ज्याङ प्रान्त बारे मौन किन छ्न मुस्लिम देशहरू ?

एसीपी संवाददाता

२२ पुष २०७८, बिहीबार ०१:३८ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिञ्चियाङ प्रान्तमा निर्मिति सामग्री आयातमा प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरे तर मुस्लिम राष्ट्र भने मौन रहेका छ्न  । चीन र अमेरिकाबीच तनाव बढिरहेको बेला बाइडेनले चीनलाई थप चिढाउने गरी नयाँ कानुनलाई अनुमति दिएका भए पनि चीन हुने मुस्लिम उईगरहरु माथीको अत्याचार बारे अब मुस्लिम राष्ट्रले आवाज उठाउने बेला आएको छ अमेरिकाको साथ दिने बेला हो ।

सिञ्चियाङ प्रान्तका मुश्लिम अल्पसंख्यकमाथि चीनले अत्याचार गरेको र त्यहाँ जबरजस्ती श्रम गर्न बाध्य बनाइएको भन्दै अमेरिकाले सो प्रान्तमा निर्मित कुनै पनि सामग्री अमेरिका आयात गर्न बन्देज लगाएको हो ।

अमेरिकी संसद दुवै सदन प्रतिनिधिसभा र सिनेटबाट पारित उक्त कानुनमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेका हुन् । सिञ्चियाङबाट ठूलो परिमाणमा सूति र प्यानल निर्यात हुने गर्दछ ।

संयुक्त राष्ट्रसंघीय विशेषज्ञ तथा अन्य अधिकारकर्मीहरुले सिञ्चियाङका क्याम्पहरुमा दश लाख भन्दा बढी उइगुर तथा अन्य अल्पसंख्यक मुश्लिमहरुलाई बन्दी बनाइएको र उनीहरुलाई जबर्जस्ती श्रममा लगाउने गरिएको दाबी गर्दै आएका हो ।  चिनमा उईगरहरु माथी सेनाको यौन दुरुपयोग , जबर्जस्ती धर्म परिवर्तन सहित हत्याहिंसा यातना दिने गरेको हो ।

चीनले भने अमेरिकी कदमप्रति तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपी चीनले पश्चिमा देशहरु तथा अधिकारवादी संस्थाहरुले चीनमाथि मानवअधिकारको नाममा घृणित व्यवहार देखाउने गरेको बताउँदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x