१३ मंसिर २०८३, शनिबार

भाईब्रेण्ट गुजरातः प्रधानमन्त्री देउवाको भ्रमण

एसीपी संवाददाता

२२ पुष २०७८, बिहीबार ०८:२२ मा प्रकाशित

भाइब्रेन्ट गुजरात समिट’ नरेन्द्र मोदी गुजरातमा मुख्यमन्त्री हुँदा सन् २००३ मा सुरु भएको थियो। ‘भाइब्रेन्ट गुजरातः ग्लोबल इन्भेस्टर्स’ नाम दिएर गुजरातका दुई सहर सुरत र अहमदावादमा भएको उक्त सम्मेलनमा १७६ वटा सम्भावित परियोजना प्रस्तुत भए। १४ अर्ब अमेरिकी डलर बराबरको ७६ वटा सहमतिपत्रमा हस्ताक्षर भए।

सन् २०२२ सम्म आइपुग्दा यसका ९ वटा श्रृंखला सम्पन्न भइसकेका छन्। सम्मेलनमा निकै महत्वकांक्षी घोषणा हुन्छन्।

भारतमा यस्ता खालका सम्मेलनमा घोषणा गरिने लगानी नेपालमा सप्ताह र महापुराणमा गरिने दान झैं बढीबढाउमा गरिन्छन्। त्यस्ता लगानीमध्ये खासमा २५ प्रतिशतमात्रै कार्यान्वयन भएका आँकडा भारतमै छन्। झन् २००७ यता त त्यस्ता घोषणा भएकाे ठूलो रकम कार्यान्वयन तहमा पुग्दा कमजोर आँकडा आउँछन्। त्यसको उदाहरणका रुपमा सेन्टर फर मनिटरिङ्ग इण्डियन इकोनमी (सीएमआईई) को तथ्याकं हेर्दा सन् २००३ मा ४.१ लाख करोड लगानी गर्ने बचनबद्धता देखाईएको थियो। तर कार्यान्वयन तहमा पुग्दा २५ प्रतिशतमात्रै लगानी भएको पाईएको थियो।

बसन्तकुमार उपाध्याय

अर्को उदाहरण हो नवौं सम्मेलन। सम्मेलनको पहिलो दिन मुकेश अम्बानीको रिलायन्स कम्पनीले १० बर्षमा ३ लाख करोड, गौतम अडानीसमूहले ५५००० करोड र कुमारनगलम बिड़लाले १५००० करोड लगानी गर्ने घोषणा गरेका थिए ।

मलाइ सम्झना छ-सन् २०१९ मा भारतको एउटा संचार माध्यम ‘न्युज क्लिक’ मा सुवोध वर्माले ‘भाइब्रेन्ट गुजरात एक तासका महल’ भनेर विष्लेषणात्मक समाचार लेखेका थिए।

स्थगित सम्मेलन सन् २०२२ 
सम्मेलन स्थगित भए पनि १४००० करोड भारतीय रुपैयाँ लगानी बराबरारका १२ वटा सम्झौतामा हस्ताक्षर भईसकेका छन्। त्यसैगरी सम्मेलन उद्घाटन गर्नुअघि लगानी भित्र्याउन ९६ वटा सहमतिमा हस्ताक्षर भईसकेका छन्। त्यतिमात्रै नभएर सम्मेलन पूर्वतयारीमा राष्ट्रिय शिक्षा नीति २०२० मा आधारित २९०० भन्दा धेरै समझौता(एमओयू हस्ताक्षर भईसकेका छन्।

१० जनवरीमा गुजरातको गान्धिनगरमा २ दिवसीय कार्यक्रम तय भएकाे थियाे।  सम्मेलन अगावै करिब ३८,१८८ करोड भारतीय रकम बराबरका सम्झौता भईसकेका छन्। मित्सु प्राईभेट लिमिटेडले रसायन, औषधि, एपीआई, कपड़ा, इन्जिनियरिंग, प्लास्टिक उत्पादन क्षेत्रमा मिश्रित ५००० करोड लगानीका लागि प्रस्ताव गरिसकेको छ। यस्ता लगानीबाट गुजरात राज्यमा तत्काल करिब १५ हजार रोजगारी सृजना हुने आँकडा गुजरातका लागि ठूलो उपलब्धिका रुपमा रहने थियो।

त्यहाँ रोजगारीको आँकडा ९० हजार पुर्‍याउने लक्ष्य थियो। गुजरात फ्लोरोकेमिकल्स लिमिटेडले इलेक्ट्रिक सवारी साधनका लागि आवश्यक पर्ने ब्याट्री रसायन उत्पादनका लागि २०००० करोड रकम लगानी गर्ने प्रतिबद्धता जनाईसकेको छ। भारतको अर्को कम्पनि आरती इन्डस्ट्रीजले १६६९‍.८ करोड बराबरको लगानी गर्ने तय थियो। यसबीच एशियन पेन्ट्स्ले १११४ करोड रकम बराबरको लगानी प्रस्ताव गरिसकेको छ। यसका अलावा भारतकै अति महत्वाकांक्षी योजना “गति शक्ति योजना” को विषयमा लगानी सहितको ब्यापक सहमति जुटाउने प्रयास भइरहेको अवस्थामा सम्मेलन स्थगित भएको छ।

भारतीय प्रधनमन्त्रीको ‘मेक ईन इण्डिया’ अभियानलाई सार्थक बनाउन थप १३ वटा योजनका लागि प्रयास भइरहेको िथियो। त्यसैगरी भारत सरकारको उत्पादनसँग जोडिएका लगानी ९पीएलआई०लाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। सम्मेलनलमा रूसी प्रधानमन्त्री मिखाइल मिशुस्तीनसहितका विदेशी पाहुनाहरुले आफ्नो देशको लगानीका बारेमा विषेश चासो देखाएका अन्तर्राष्टिय सञ्चार माध्यमहरुले उल्लेख गरिरहेका छन्।

सन् २०१९मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसको सूदुरपूर्वी क्षेत्रको भ्रमणसमेत गरेका थिए। पूर्वी आर्थिक शिखर सम्मेलनका दौरान रुसको भ्लादिवोस्तक क्षेत्रमा पुगेका मोदीले त्यस क्षेत्रको विकासका लागि १ अर्ब डलर ऋण उपलब्ध गराउने घोषणा गरेका थिए ।

नेपालका लागि के? 
भाईब्रेण्ट गुजरात ग्लोबल सम्मेलन २०२२ बाट नेपालका लागि के उपलब्धि हुन सक्थे त ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो। प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको उक्त सम्मेलन केवल नेपाल सरकारको उपस्थिति जनाउमात्रै हुने थियो वा भारतले नेपालको विकासमा पहिले गरेका वाचा पुरा गराउने अवसर र नयाँ कार्यक्रम पाउने उपायको खोजी भन्नेमा स्पष्ट थिएन।

प्रधानमन्त्री देउवाले उक्त सम्मेलनका लागि गरेको तयारीबारे सत्ता गठबन्धनका दलहरुसँग छलफल गरेको भन्ने सतही कुरा सञ्चारमाध्यममा आएको भए पनि विस्तृतमा के कस्ता तयारी थिए कहीँ कतै बताइएको थिएन । हामीले सोचेको जस्तो प्रधानमन्त्रीस्तरबाट हुने भ्रमणले दुईपक्षीय हित, सम्झौता तथा सीमा विवादका कुरा गुजरातमा पक्कै सम्भव थिएनन्। त्यसका लागि साउथ ब्लक अथवा दिल्लीमा मात्रै हुन सक्छ भन्ने बिर्सनु हुँदैनथ्यो। सरकार प्रमुखस्तरबाट हुने भ्रमणबाट देशले के उपलब्धि हुन्छ भन्ने विषय निकै महत्वपूर्ण रहन्छ ।

देउवा नेतृत्वमा सरकार गठन भएदेखि प्रयास भइरहेको भन्ने बुझिएको भारत भ्रमणको यो स्वरुपको ओज कत्तिको रहने थियो गर्भ नै तुहियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x