१३ मंसिर २०८३, शनिबार

उइगर मुस्लिम माथी भईरहेको हत्याको बिरोधमा चीनका अधिकारीमाथि उजूरी,मच्चियो खैलाबैला

एसीपी संवाददाता

२२ पुष २०७८, बिहीबार १०:५९ मा प्रकाशित

एजेन्सी: चीनका अधिकारीहरुमाथि आमहत्या, यातना, बलात्कार र मानवताविरुद्धको अपराधको उजूरी परेको छ । टर्कीमा रहेका चिनियाँ उइगुर मुस्लिम समुदायका १९ जनाले उजूरी दर्ता गरेको अलजजिराले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय निकायले चिनियाँ अधिकारीहरुविरुद्ध कारबाहीको कदम नबढाएको भन्दै उजूरी गरिएको उल्लेख छ । सन् २०१६ यता सिन्ज्याङका मुस्लिम अल्पसंख्यक उइगुरमाथि धरपकड, जर्बजस्ती श्रम गर्न वाध्य पार्ने जस्ता कदमहरु चालिएको विषय उठ्दै आएको छ ।

चीनले यातनाका शिविरहरुबारे खण्डन गरेको थियो । उसले सबै किसिमका यातनाहरुको आरोपलाई समेत निराधार भनेको थियो ।

टर्कीमा ५० हजार चिनियाँ उइगुर बस्दै आएका छन् । उनीहरुले चीनमा रहेका आफ्ना समुदायमाथि ज्यादती भएको विषय उठाउँदै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x