१३ मंसिर २०८३, शनिबार

सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर देशको विकास नहुने – गृहमन्त्री

एसीपी संवाददाता

२४ पुष २०७८, शनिबार ०२:१० मा प्रकाशित

काठमाडौं,  ।  गृहमन्त्री बालकृष्ण खाँडले सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर देशको विकास नहुने बताउनु भएको छ ।

गृह मन्त्रालयअन्तर्गतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय अधिवेशनमा उहाँले मुलुकको विकासमा सरकार र कर्मचारी मिलेर काम गर्नु पर्ने बताउनुभयो ।

खाँडले कर्मचारीहरुलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरुले सरकारलाई सचेत गराउनु पर्ने बताउनुभयो । उहाँले सरकार र सरकारी कार्यालय सबैको साझा भएकोले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिनुभयो । खाँडले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीहरुको भएकोले जनताको माग बुझेर सरकारलाई दबाव दिन पनि आग्रह गर्नुभयो ।

उहाँले मन्त्रालयअन्तर्गतका ९ देखि ५ बजेसम्म खुल्ने सरकारी कार्यालयका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x