१३ मंसिर २०८३, शनिबार

लोसपामा उमाशंकर अरगरियाले पाए ठूलो जिम्मेवारी, अब जसपालाई धुलो चटाउने

एसीपी संवाददाता

२५ पुष २०७८, आईतवार ०५:५३ मा प्रकाशित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले संसदीय दलको प्रमुख सचेतकमा सो पार्टीका सांसद एवं कार्यकारिणी सदस्य उमाशंकर अरगरियालाई नियुक्त गरेको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले पुस २२ गते प्रमुख सचेतकमा नियुक्त गरेको पत्र संसद सचिवालय र सांसद अरगरियालाई बुझाएका थिए । यद्यपी पार्टीले त्यसलाई अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

लोसपाका नेता सुरेन्द्र झाले अरगरियालाई नियुक्त गरेको ससद सचिवालयलाई जानकारी गराइसकेको बताए । उनले भने, ‘उमाशंकर अरगरिया जसपा संसदीय तलको प्रमुख सचेतक हुनुहुन्थ्यो, त्यसलाई लोसपा पनि निरन्तरता दिइएको हो ।’

सांसद अरगरिया उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टीको संसदीय दलको प्रमुख सचेतक थिए । जसपा हुँदासम्म पनि उनी नै प्रमुख सचेतक थिए । अहिले जसपाबाट लोसपा बनेपछि पुनः प्रमुख सचेतकमा नै नियुक्त गरिएको हो ।

जसपाबाट लोसपा अलग हुँदा सांसद अरगरियाले उपेन्द्र यादवको साथ छाडेर महन्थ ठाकुरलाई साथ दिएका थिए । उनले उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधिसभामा चुनाव जितेका थिए ।

उता, उपेन्द्र यादव नेतृत्वको जसपामा लोसपा अध्यक्ष महन्थ ठाकुर पक्षबाट गएका प्रमोद साहलाई प्रमुख सचेतक बनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x