१३ मंसिर २०८३, शनिबार

पाकिस्तान बाट प्रयोजित , कश्मीरमा जैश-ए-मोहम्मदको तीन आतङ्की मारियो

एसीपी संवाददाता

२५ पुष २०७८, आईतवार ०८:१९ मा प्रकाशित

एजेन्सी –   पुलवामा जिल्लाको चाँदगाव क्षेत्रमा बुधबार बिहानदेखि जारी भिड़न्तमा सुरक्षाबलहरूले जैश-ए-मोहम्मदको तीन आतङ्कीलाई मारेको छ। भिड़न्त स्थलबाट भारी मात्रामा हतियार पनि उद्धार गरिएको छ। सुरक्षाबलहरूले सो क्षेत्रमा थप आतङ्कीहरू हुनसक्ने आशंकाको मध्यनजर खोजी अभियान चलाएको छ।

जानकारी अनुसार, पुलवामा जिल्लाको चाँदगाउँ क्षेत्रमा पुलिसलाई आतङ्कीहरू लुकेको सूचना प्राप्त भएको थियो। यही आधारमा पुलिसले सेना र सीआरपीएफका जवानहरूको साथ सो क्षेत्रमा खोजी अभियान शुरू गऱ्यो। खोजी अभियानमा आतङ्कीहरूले सुरक्षाबलहरूलाई आफूतिर आएको देखी गोलीबारी शुरू गऱ्यो, जसपछि भिड़न्त शुरू भयो। यस भिड़न्तमा सुरक्षाबलहरूले तीन आतङ्कीलाई मारेको छ।

सुरक्षाबलहरूले पहिले आतङ्कीहरूलाई आत्मसमर्पणको अवसर दिएको थियो तर आतङ्कीहरूले सुरक्षाबलहरूमाथि नै गोलीबारी शुरू गरेपछी उनीहरूको गोली हानि मारिएको छ। कश्मीरका आईजीपी विजय कुमारले तीन आतङ्की मारिएको पुष्टि गर्दै भने, यी आतङ्कीहरूमा एक पाकिस्तानी थियो।

भिड़न्त स्थलबाट २ एम, ४ कारबाइन, एक एके.47 र त्यसको म्यागजीन सहित अन्य गोला-बारूद बरामद भएको छ। मारिएका तीनै आतङ्की जैश-ए-मोहम्मद आतङ्की संगठनसित सम्बन्धित थिए। सुरक्षाबलहरूले सो क्षेत्रमा थप आतङ्कीहरूको उपस्थितिको आशंकाको मध्यनजर खोजी अभियान जारी राखेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x