१३ मंसिर २०८३, शनिबार

नेपाल हिन्दु युवा बाहिनीको अगुवाईमा नेपालगन्जमा मोटरसाइकल र्‍याली

एसीपी संवाददाता

२७ पुष २०७८, मंगलवार १६:०६ मा प्रकाशित

, बाँके । बाँकेको नेपालगन्जमा आज ३०० ओैं पृथ्वी जयन्ती, पृथ्वी जयन्तीको अवसरमा नेपाल हिन्दु युवा बाहिनीको अगुवाईमा नेपालगन्जमा मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको छ ।

नेपालगन्ज स्थित माता बागेश्वरी मन्दिरको पार्कबाट शुरु भएको र्‍याली नेपालगन्जका विभिन्न चोक हुँदै बसपार्क, घरवारीटोल हुँदै त्रिभुवन चोकमा कोणसभा गरिएको अध्यक्ष मनोज श्रेष्ठले बताए ।

सम्बोधन गर्दै उनले भने, ‘श्री ५ बडामाहाराजाधिराज पृथ्विनारायण शाहको जन्म दिवस तथा राष्ट्रिय एकता दिवसको सम्पुर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गर्दछौं ।नेपालमा छरियर रहेका सम्पुर्ण बाइसय र चौबिस्य राज्यहरूलाई एकिकरण गर्ने अभियान बोकी एउटा सिंगो राष्ट्रको रूपमा स्थापना गर्ने सपना बोकि र त्यस सपनालाई पुर्ण गर्नको लागी संघर्सको अभियान सुरू गर्ने नेपाल राष्ट्रका माहा नायक राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्विनारायण शाह ज्यु लाई कोटि-कोटि नमन गर्दछौं ।’

पृथ्वी नारायण शाहको त्याग तपस्या र बलिदानीलाई स्मरण गर्दै भब्य रुपमा मोटरसाइकल र्‍याली सम्पन्न गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x