१३ मंसिर २०८३, शनिबार
कांग्रेसका बाग्मती प्रदेश सभापति बानियाँद्वारा चिसोबाट प्रभावितलाई न्यानो कपडा वितरण
काठमाडौं – नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले चिसोबाट प्रभावित गरिब तथा विपन्न वर्गका सात सयलाई न्यानो कपडा वितरण गरेका छन् ।
नेता बानियाँले मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको विभिन्न ठाउँमा गरिब तथा विन्न वर्गका सात सय घरपरिवारलाई न्यानो कपडा वितरण गरेका हुन् ।
सोमबार एक कार्यक्रम आयोजना गरी नेता बानियाँले न्यानो कपडा स्वरुप सिरक हस्तान्तरण गरेका हुन् । चिसोको समयमा न्यानो कपडा पाएपछि विपन्न वर्गका परिवार खुसी देखिएका छन् ।
नेता बानियाँले केही दिनदेखि मकवानपुरका विभिन्न स्थानीय तहमा चिसोबाट प्रभावितका लागि राहत वितरणका कार्य गर्दै आएका छन् ।
Subscribe
Login
0 Comments


