फेरि आयो कोरोना संक्रमण कहाँ छन सम्बन्धित निकाय ?
बिकास खडका – नेपालगन्ज = अहिले नेपालगन्ज लगाएत स्थानमा जहाँ भरी भराउ भिड्भाड हुन्छ त्यस्ता ठाँउमा सुरक्षा निकाय र स्वास्थ्य संस्थाको ध्यानाकर्षण हुन जरुरी छ । अहिले ओमोक्रोनको महामारी नेपाल भित्रीन नदिन अहिले नेपाल भारत सिमा चेकजान्च कडा पारिएको छ । यता नेपालमा बिद्यालय बन्द गरिएका छ्न । अब के यतिले मात्र सावधानी अपनाउदा कोरोना महामारीलाई जित्न सकिन्छ कि भन्ने प्रश्न उठेको छ । बजारमा बिना मास्क हिन्नेहरुको व्यापक संख्या हुन्छ मास्क नलगाएकालाई यश तर्फ जागरुक गराउन जरुरी छ हस्तै बिना मास्क हिंड्न् नदिने कुनै पनि पसलले समान नदिने जस्ता समाजिक बहिस्कार शुरु गर्नु पर्ने हुन्छ। समाजिक दुरी , मास्क , पटक पटक साबुन पानीले हाथ धुनी बजार बाट आउँदा जादा सिनिटाईज , गर्ने जस्ता सुचना पुगेको छ । तर मानिस यो विषयमा अझै गम्भीर हुन आवश्यक भएको छ । अहिले बिना काम बजार न जाउ जानै परेमा आफुले लगाएको खोप प्रमाणपत्र सङै बिकेर हिड्ने गरौ । खोप नलगाएकालाई अनिवार्य खोप लगाउ । छरछिमेकमा खोप नलगाएको कोहि छन भने उनीहरु लाई अनिवार्य खोप लगाउन पठाउने जस्ता समाजिक कार्य जरुरी भएको छ । अब बजारमा भिड हुने स्थानलाई अहिले नै पहिचान गरि त्यस्ता स्थानमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ । कोरोना महामारीलाई रोक्न अहिले बाट नै सावधानी अपनाउन जरुरी छ । अहिले सचेत भएनौ भने अन्तमा बजार बन्द गर्न बाध्यता हुन्छ तर बजार बन्द गर्नु पुर्ब नै यो सावधानीमा ध्यानाकर्षण हुन जरुरी छ । सुरक्षा निकायले यश तर्फ अहिले बाट नै सुधार गराउदै लगे एकै पटक लकडाउनको आवश्यकता मन्थर पार्न सकिन्छ केही हद सम्म ब्यापार ब्यवसायमा पर्ने अनावश्यक बोझलाई कम गर्न सकिन्छ किन कि लकडाउनले बजार व्यापार सबै लाथालिङ हुने गरेको छ ।थुप्रै ब्यावसाय अहिलेसम्म पनि सुधार हुन नपाउदै अर्को लकडाउनको सभावना शुरु भएको छ।
[13/01, 16:10] Acp: विज्ञहरूले कोरोनाको नयाँ भेरिएन्टका कारण भित्रभित्रै संक्रमण समुदायस्तरमा फैलिसकेकाले परीक्षण संख्या नबढाउने हो भने संक्रमणले विस्फोटक रूप लिने दाबी गरेका छन् । ‘१० दिनमा दैनिक देखिने संक्रमण दर र संक्रमितको संख्या करिब तीव्र गतिमा बढे पनि परीक्षण उस्ताउस्तै देखिनु सही होइन,’ । परीक्षण नबढाउँदा भित्रभित्रै सल्किरहेको संक्रमण एकैचोटि विस्फोट हुने जोखिम छ, त्यतिखेर परिस्थिति काबुबाहिर जान सक्छ ।’
तत्कालै गर्न सकिने एन्टिजेन परीक्षण पनि निकै सुस्त छ । पुस १९ मा २ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गरिएकामा पुस २८ मा ३ हजार ९८५ को मात्र परीक्षण गरिएको छ । यस अवधिमा संक्रमण दर १.२२ प्रतिशतबाट बढेर १५.७ प्रतिशत पुगेको छ ।
[13/01, 16:11] Acp: स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।
बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् । उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।
मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे । मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए ।उनले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोनाविरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए ।


